कीवर्डहरू -

अब इन्स्टाग्रामको स्टोरीमा भ्वाइसबाटै रिप्लाई दिन सकिने

अब इन्स्टाग्रामको स्टोरीमा भ्वाइसबाटै रिप्लाई दिन सकिने

इन्स्टाग्रामले चाँडै स्टोरीहरुमा भ्वाइस मेसेज पठाएर प्रतिक्रिया दिने फिचर सार्वजनिक गर्ने भएको छ । स्टोरीमा अन्तर्क्रिया दिने तरिकालाई थप गर्न इन्स्टाग्रामले यो फिचर सार्वजनिक गर्ने भएको हो ।

यस बारेमा विकासकर्ता एलेज्यान्ड्रो पालुज्जीले स्क्रीनसट सेयर गरेका थिए । इन्स्टाग्रामले आधिकारिक रुपमा भने उक्त फिचरबारे केही पनि बताएको छैन् ।

इनबक्समा डाईरेक्ट मेसेज र रिप्लाई गरेर धेरै मेसेज हुने भएकाले त्यसैलाई कम गर्नका निम्ति एपले भ्वाइस मेसेज रिप्लाई फिचर ल्याउने भएको हो । हालैमा इन्स्टाग्रामले स्टोरीमा रियाक्ट गर्दा पोस्टलाई लाइक मात्रै गर्न मिल्ने फिचर ल्याएको थियो ।