कीवर्डहरू -

रेडिटमा अब टिकटकको जस्तै सुविधा

रेडिटमा अब टिकटकको जस्तै सुविधा

रेडिटले टिकटक जस्तै भिडियो फिचर आफ्नो एपमा पनि राख्ने भएको छ । यो फिचरबाट टिकटकमा जस्तै अडियो राखेर भिडियो बनाउन सकिने छ ।

यो फिचरको सहयोगले प्रयोगकर्ताले १५ सेकेन्डको भिडियो बनाउन सक्नेछन भने सो भिडियोमा अडियो र भिजुअल इफेक्ट राख्न सक्ने छन् ।

यो फिचरमा थुप्रै एडिटिङ टूल्स , टयून्स र एआर इफेक्टहरु उपलब्ध छन् । यो फिचर पनि साधारण क्यामेराबाट नै चलाउन सकिने छ ।

कुनै पोस्टको बारेमा हाँसउठदो प्रतिक्रिया रेकर्ड गर्नका निम्ति पनि यो फिचरको प्रयोग गर्न सकिने जनाइएको छ । फिचरमा डुएट, स्टीच जस्ता फिचर भने रहेका छैनन् ।