कीवर्डहरू -

म्यासेञ्जर ग्रुपमा अब एकैपटक सबैलाई मेन्सन गर्न सकिने

म्यासेञ्जर ग्रुपमा अब एकैपटक सबैलाई मेन्सन गर्न सकिने

म्यासेञ्जर ग्रुपमा अब एकैपटक सबैलाई मेन्सन गर्न सकिने भएको छ । त्यसका लागि म्यासेन्जरले स्ल्याक जस्तै एट द रेट एभरीवान फिचर सार्वजनिक गरेको हो ।

यो फिचरबाट एट द रेट एभरीवान गर्‍यो भने ग्रुप च्याटमा भएको सबैजना अलर्ट हुने गर्दछन् । अब एक एक जनालाई ग्रुपमा मेन्शन गर्नुपर्ने झन्झट नरहने भएको छ अब एकैपटक सबैजनालाई मेन्सन गर्न सकिनेछ । मेसेन्जरले साइलेन्ट फिचर पनि एपमा ल्याएको छ ।

यो फिचर प्रयोग गर्न आफ्नो मेसेजको अगाडि साइलेन्ट भनेर टाइप गर्नुपर्छ र यसले गर्दा तपाई स्नीक मोडमा पुग्नु हुनेछ । यो फिचरले मेसेज जाँदा प्रयोगकर्तालाई अलर्ट गराउँदैन् । यी फिचर एन्ड्रोइड र आईओएस दुबैमा उपलब्ध छन् ।