कीवर्डहरू -

अब सजिलै टिकटक लाइब्रेरीबाट जिआईएफ अपलोड गर्न सकिने

अब सजिलै टिकटक लाइब्रेरीबाट जिआईएफ अपलोड गर्न सकिने

टिकटक प्रयोगकर्ताहरुले चाँडै सजिलो तरिकाले चर्चित जिआईएफहरु अपलोड गर्न सक्ने भएका छन् । टिकटकले टिकटक लाइब्रेरीको सेवा बारे जानकारी दिएको छ जसले टिकटक क्रियटरहरुलाई अझै मनोरेञ्जनात्मक कन्टेन्ट दिनलाई सहयोग गर्नेछ ।

क्रियटरहरुले जिआईएफ खोज्न, टिभी शोको मनपर्ने क्लिप, मिम र अरु कन्टेन्टहरु हाल्न सक्नेछन् । अहिले पनि क्रियटरहरुले जिफिबाट जिआईएफटिकटकमा हालिरहेको हुन्छन् तर लाइब्ररी भएपछि यो प्रक्रिया अझै बढी सहज हुनेछ । अहिलेसम्म जिफि जिआईएफ स्टीकर वा ग्रिन स्क्रीन एफेक्टबाट हाल्न मिलिरहेको थियो ।

टिकटकले लाईब्ररीमा जिआईएफ अडियो सहितनै राख्न दिनेछ । सुरुको फेजमा फिचरमा रियाक्सन क्लिप, कोट्स, चर्चित अनुहारहरु र आईकोनिक मोमेन्टहरुको संकलन गरिनेछ ।

यो फिचर आजदेखि केही एन्ड्रोइड प्रयोगकर्ताहरु माथि परिक्षण हुनेछ । आगामी हप्ता देखि आईओएस प्रयोगकर्ताहरको माथि परीक्षण गरिनेछ । यो फिचर उपलब्ध भएपछि साइडबारमा लाइब्ररी आइकन देख्न सकिनेछ ।