कीवर्डहरू -

आर्थिक संकटको विरुद्धमा विरोध चर्किदैँ गएपछि सामाजिक सञ्जालमा पनि श्रीलंकाको प्रतिबन्ध

आर्थिक संकटको विरुद्धमा विरोध चर्किदैँ गएपछि सामाजिक सञ्जालमा पनि श्रीलंकाको प्रतिबन्ध

श्रीलंकाले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ । आर्थिक संकटको विरुद्धमा विरोध प्रदर्शन चर्किदैँ गएपछि श्रीलंकाको सरकारले कर्फ्युसँगै फेसबुक, इन्स्टाग्राम, ट्विटर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो ।

प्रयोगकर्ताहरूले आफ्नो मोबाइलमा दूरसञ्चार नियमन आयोगको निर्देशन अनुसार प्रतिबन्ध लगाएको म्यासेज प्राप्त गरेका छन् ।

श्रीलंककाको राष्ट्रपति गोताबया राजपाक्षेले सूचना जारी गर्दै अधिकारीहरूको लिखित अनुमति बाहेक अन्यलाई कुनै पनि सार्वजनिक सडकमा, पार्कमा, रेलमा वा समुद्री किनारमा जान निषेध गरेका छन् ।

शनिबार साँझ देखि शुरू भएको कर्फ्यु ३६ घण्टासम्म लागु हुनेछ । शनिबार साँझ १० बजेदेखि आईतबार बिहान ६ बजेसम्म कर्फ्यु उल्लंघन गरेको भन्दै ६६४ जना पक्राउ परेका छन् ।