कीवर्डहरू -

ट्वीटरको एन्ड्रोइड एपमा अब टेक्स्ट कपी गर्न सकिने

ट्वीटरको एन्ड्रोइड एपमा अब टेक्स्ट कपी गर्न सकिने

ट्वीटरको एन्ड्रोइड एपमा अब टेक्सट सेलेक्सन फिचर सार्वजनिक हुने भएको छ । एन्ड्रोइड पुलिसको अनुसार कम्पनीले अब चाँडै ट्वीरको टेक्स्टहरु एन्ड्रोइडमा सजिलै कपी गर्न सकिने भएको छ ।

यो फिचर तर केही एन्ड्रोइड फोनमा पहिले देखिनै उपलब्ध रहेको छ । जस्तै गूगलको पिक्सेल फोनमा यो फिचर पहिलेदेखि नै उपलब्ध रहेको छ । गूगलको पिक्सेल फोनमा ओभरभ्यू सेलेक्सन फिचर रहेको छ ।

यो फिचरले कुनै पनि स्क्रीनबाट टेक्सट कपी तथा पेस्ट गर्न दिने गर्दछ । यो फिचर आईओएस प्रयोगकर्ताले पहिले देखिनै चलाउँदै आएका छन् ।