कीवर्डहरू -

हात उठाउँदा वा थम्ब्स अप देखाउँदा जूमले अब प्रतिक्रिया दिने

हात उठाउँदा वा थम्ब्स अप देखाउँदा जूमले अब प्रतिक्रिया दिने

हात उठाउँदा र थम्ब्स अप देखाउँदा जुमको डेक्स्टप एपले अब प्रतिक्रिया दिने भएको छ । यो फिचरलाई जूमले जेस्टर रिक्गनीसन नाम दिएको छ । जूमले म्याक र विन्डोजका लागि भिजुअल जेस्टर रिक्गनीसन सपोर्ट ल्याएको छ ।

यसले भर्चुअल क्लासरुम र मिटिङमा अझै बढी अन्तर्क्रिया गर्ने मौका दिने गर्दछ । यो फिचर प्राप्त गर्नका लागि जूमको ५.१०.३ भर्सन चाहिने गर्दछ ।

यो फिचर डिसेबल भएर बसेको हुन्छ र यसलाई इनेबल गर्नुपर्ने हुन्छ । हाईब्रिड किसिमको अन्तर्क्रियाका निम्ति जूमले यस्तो फिचर ल्याएको हो ।