कीवर्डहरू -

वानप्लस ५ टि अब नेपालमा, ८ जीबीको र्याम र २० मेगापिक्सलको क्यामेरा

वानप्लस ५ टि अब नेपालमा, ८ जीबीको र्याम र २० मेगापिक्सलको क्यामेरा

वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ५ टि’सार्वजनिक गरेको छ । 

‘वानप्लस ५ टि’माउच्च रिजोल्यूशन भएको ड्यूल क्यामरा प्रणाली जडान भएको छ जसले अहिलेसम्मकै सबैभन्दा उच्चगुणस्तरको तस्विर खिच्न सकिन्छ । यसमा जडान भएको ड्यास चार्जको कारण आधाघण्टा चार्जगर्दा पुरा दिन कुरा गर्न सकिन्छ जुन वानप्लसको इण्डष्ट्रि नेतृत्व चार्जिङ् टेक्नोलोजी प्रयोग गरेर बनाइएको छ ।


एनसेलका ग्राहकहरुको लागि हरेक हप्ता २०० एम .बि  प्रोमोस्नल डाटाप्याक प्रतेक १२ हप्ता सम्मको  लागि प्रगोय  गर्न पहुने छन् ।
क्वालकम स्न्यापड्रागन ८३५ प्लेटफर्ममा आधारित यस फोनमा ६ र ८ जीबी र्याम रहेको छ जसले फोनको सहज यूजर एक्सपेरियन्स न्यून शक्ति दिन्छ । ‘वानप्लस ५ टि’ ले ३४ जीएसएम नेटवर्क ब्याण्ड सपोर्ट गर्छ भने विश्वभर प्रयोगकर्ताहरुलाई सम्पर्क गराई रहन्छ ।


“वानप्लस ५ टि’ ले उत्कृष्ट प्रयोगकर्ता अनुभवको संभावना प्रदान गर्नका लागि हाम्रो चनाखोपन र धैयर्तालाई प्रदर्शित गर्दछ,”आइ हब प्रालिका मार्के्टिंग म्यानेजर धिरेन्द्र कुशवाहले भने, ‘हामीले यो सिद्धान्तलाई ‘वानप्लस ५ टि’ को सबै क्षेत्रहरुमा लागू गरेका छौं । उदाहरणका लागि ड्यूल क्यामराले अहिलेको स्मार्टफोन बजारमा स्पष्ट तस्विर खिच्नको लागि सहयोग गर्दछ र प्रयोगकर्ताहरुलाई हरेक अवस्थामा आकर्षक फोटोहरु खिच्नका लागि नियन्त्रण गराउँछ । फेरी पनि यो फोनलाई प्रदर्शित बनाउन हामीले धेरै मेहनत गरेको छौँ ।


६ इन्च इम्प्रेसिभ अप्टिक अमोलेड डिस्प्ले वानप्लस ५ टि निकै पातलो छ । जुन मिडनाइट ब्ल्याककलर अप्सनमा उपलब्ध हुनेछ र यो फोन वानप्लस सिरिजहरुमध्ये सबैभन्दा पातलो फोन हो । यसमा अल्मुनियमको यूनिबडी विशेषताका साथमा फोनको एजमा हार्ड लाइन राखिएको छ । यसको समानान्तर लाइन जून वानप्लस डिजाइनको मूख्य डिजाइन तत्व होजसले आधा भागलाई उज्यालो देखाउँछ भने अर्को भागलाई अध्याँरो प्रर्दशित गर्दछ । यसको घुमाउरो कुनाहरु र एजले गर्दा ‘वानप्लस ५ टि’लाई हातमा आरामदायी रुपमा अनुभव गर्न सकिन्छ ।


‘वानप्लस ५ टि’मा अहिलेको स्मार्टफोनमा हुने उच्चस्तरको रिजोल्यूशन भएको ड्यूल क्यामरा सिस्टम रहेको छ । यसमा २० मेगापिक्सेलको टेलिफोटो लेन्सका साथमा १६ मेगापिक्सेलको ड्यूल क्यामरा लेन्स रहेको छ, जसले सेन्सर र वस्तुहरुका बिचमा सहि दूरी कुनैपनि वातावरणमा तय गर्न सहयोग गर्छ । यसमा ठूलो किसिमको एप्रेचर रहेको छ, जसले तिब्रगतिमाफोटो खिच्न र दृश्यमा स्थिरता कायमगर्न सहयोग गर्दछ ।


पोट्रेट मोडमा दुईवटा सेन्सरहरुले एक आपसमा काम गर्दछन् र अनुहार तथा ब्याकग्राउण्डका बीचमा फरक छुट्याउँछ, जतिबेला कस्टम सफ्टवेयर अल्गोरिदमले वस्तुलाई स्पष्ट र आकर्षक बनाउँछ । यसको परिणाम डेप्थअफ फिल्ड(बोकेह) इफेक्टले धमिलो ब्याकड्रपको अगाडि अनुहारलाई स्पष्ट बनाउँछ । अप्टिकल जूमका साथमा मल्टिफ्रेम टेक्नोलोजीले स्मार्ट क्याप्चरका लागि जूम गर्दा स्पष्टता दिन्छ, जब तिब्र अटोफोकसको प्रयोग ड्यूल क्यामरा सिस्टमले सटिक गणना गरेर अटोफोकसलाई ४० प्रतिशतसम्म बढाउन सक्दछ ।


यसको अल न्यू प्रो मोडले स्मार्टफोन प्रयोगकर्ताहरुलाई डिएसएलआरको जस्तै विशेषताहरु प्रदानगर्दछ, जस्तै आईएसओ, ह्वाइट ब्यालेन्स, सटर स्पीड, फोकस र एक्सपोजर मोडिफिकेसनकासाथ–साथै अन स्क्रीन हिस्टोग्राम र तस्विर खिचेपछि एडिट गर्नकालागि पूर्ण नियन्त्रण गराउन आरएडब्लू इमेज फाइल सपोर्ट गर्दछ ।


पहिलो पटक वानप्लस ३ का साथमा सार्वजनिक गरिएको ड्यास चार्ज विश्व बजारमा तिब्र गतिको चार्जिङ सलुसनहो । वानप्लस ५ टि आधा घण्टाको चार्जमा नै पुरै एक दिनका लागि ब्याट्री चलाउन सकिन्छ । पावर म्यानेजमेन्टलाई ह्याण्डसेटबाट एडप्टरमा स्थानान्तरण गरेपछि फोन चार्ज भईरहेको बेलामा पनि फोन तात्ने समस्या आउँदैन्, ड्यास चार्जले जीपीएस प्रयोग भईरहेको बेलामा वा उच्च ग्राफिक्स भएका गेमहरु खेलिरहेको बेलामा पनि तिब्ररुपमा फोनलाई चार्ज गर्दछ । शक्तिशाली हार्डवेयर र बुद्धिमानी सफ्टवेयरको सहकार्यमा, ‘वानप्लस ५ टि’ ले साँच्चिकै सहज स्मार्टफोनको अनुभव प्रदान गर्दछ ।


वानप्लस ५ टिले क्वालकम स्न्यापड्रागन ८३५ प्लेटफर्मको उच्चतम फाईदा दिन्छ जसले ४० प्रतिशत कम उर्जामा पनि शक्तिशाली कार्यदक्षता कायम गर्दछ । ८ जीबी सम्मको एलपीडिडिआर ४ एक्स र्यामका साथ, ‘वानप्लस ५ टि’ ले ठूलो मात्रामा ब्याकग्राउण्डमा विभिन्न एप्स संचालनगर्न सकिन्छ । यसको यूएफएस २.० र नयाँ टू लेन रोमको संयोजनमा २६ प्रतिशततिब्र गतिको स्टोरेज क्षमताप्रदान गर्छ, जसम ाविभिन्न गेमहरु तथा एप्स इन्स्टलगर्न वा संचालन गर्न सकिन्छ ।


वानप्लसको आफ्नै अपरेटिंग सिस्टम अक्सिजन ओएसले स्टक एन्ड्रोयडको आधार मूल कार्यहरुलाई विशेषताहरु त्था उच्चताका साथमा पुर्न परिभाषित गर्दै यूजर एक्सपेरियन्सका लागि अतिरिक्त सुविधाहरु प्रदानगर्दछ ।

‘वानप्लस ५ टि’मा भएको नयाँ अपडेटमा रिडिङ मोड पनि रहेको छ, जसले साँच्चिकै पुस्तक पढेको जस्तो सुविधा दिन एम्बिएन्ट सेन्सर र ग्रे स्केल म्यापिंग गर्दछ । गेमिङ डु नट डिस्टर्ब मोडले बिनाकुनै नोटिफिकेसन अथवा आकस्मिकरुपमा थिचिने हार्डवेयर बटनले हुने समस्या रहित भएर प्रयोगकर्ताहरुलाई उनीहरुको मनपर्ने गेम्स खेल्ने सुविधा दिन्छ । एप प्रायोरिटीका साथमा, ‘वानप्लस ५ टि’ ले तपाईँको अधिक प्रयोग भएको एप्सलाई अतिरिक्त कार्यदक्षता सुधार गर्नका लागि लोड गर्दछ ।


वानप्लस ५ टि विविन्न शपिंग साइट तथा देशभरीका रिटेल स्टोरहरुमा उपलब्ध छ । ६४ जीबीको मूल्य रु ६४,९०० भने १२८ जीबीको मूल्य रु ७२,९०० रहेका छन् ।