काठमाडौं । आज दिउँसो २ बजेदेखि काठमाडौंमा ‘नेपाल साइबर सेक्युरिटी मिटअप ’ हुँदै छ ।
एनपी सर्ट , सिएसआरआई, आइसिटी फ्रेम र वान कभर को संयुक्त आयोजना हुने कार्यक्रममा नेटवर्क सेक्युरिटी, डार्क वेब, रिभर्स मालवेयर इन्जिनियिरिङ, राउटिङ सेक्युरिटी लगायतका विषयमा विज्ञहरुले सहजिकरण गर्ने छन् ।
कार्यक्रममा टेलिकम र आइएसपी प्रोफेसनलका अतिरिक्त साइबर सेक्युरिटी फ्रिल्यान्सर र इन्थुजियास्टहरुको सहभागिता रहने छ ।
सहभागीलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
कार्यक्रम नेपाल टेलिकमको बबरमहलस्थित कार्यालयमा हुने छ ।
Speakers of the Event :
- Shambhu Khanal : Engineer, Nepal Telecom
- Alex Dhital
- Suman Thapaliya : HOD, Texas College of Management and IT
- Roja Kiran Basukala : Deputy Director, NTA