कीवर्डहरू -

थप ७ सहरमा ओयो

थप ७ सहरमा ओयो


काठमाडौं। ओयो ओयो होटल्स एन्ड होम्सले धुलिखेल, नगरकोट, चितवन, बिराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगडीमा आफ्नो सेवा बिस्तार गरेको छ।

ओयोले मे २०१७ मा काठमाडौंबाट होटल सञ्चालनको सुरुवात गरेको थियो।

ओयोले अहिले भारत र दक्षिण एसियाको लागि भारु १४०० करोडको लगानी थप गरेको बताएको छ।

नेपाल रणनीतिक बजार भएकाले नेपालको अतिथी उद्योगलाई परिवर्तन गर्न मेहेनत गरेर काम गर्ने ओयोका प्रमुख कार्यकारी अधिकृतको भनाइ छ।

ओयो होटल्स एन्ड होम्स दक्षिण एसियाकै सबैभन्दा ठूलो शृखंला होटल तथा चीनका पाँच ठूला शृखंला होटल मध्येको एक र विश्वमै सबैभन्दा तीव्र गतिमा फैलिरहेको लिज्ड तथा फ्रेन्चाइज्ड होटल हो।