कीवर्डहरू -

जेठ १ मा ‘सुबिसु कन्क्लेभ २०१९’, यस्ता विषयमा हुँदै छ छलफल

जेठ १ मा ‘सुबिसु कन्क्लेभ २०१९’, यस्ता विषयमा हुँदै छ छलफल

काठमाडाैं । सुबिसु केबल नेटको आयोजनामा काठमाडौंमा दोस्रो संस्करणको ‘ सुबिसु कन्क्लेभ २०१९ ’ हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै सुबिसुले आगमी जेठ १ गते बुधबार काठमाडौंको नक्सालस्थित होटल मेरियटमा सो कन्क्लेभ हुने जानकारी दियाे ।

सूचना सञ्चार तथा प्रविधिलाई प्रवद्र्धन गर्ने हेतुले आयोजना हुने यस कार्यक्रममा समयसापेक्ष विषयहरुमा गम्भीर छलफल गरिने छ । नेपालमा पनि पछिल्लो समय नयाँ नयाँ प्रविधि भित्रिरहेको सन्दर्भमा लक्षित प्रयोगकर्तालाई जागरुक बनाउन र नीतिगत व्यवस्थामा यस्ता विषय समेट्न सुबिसु कन्क्लेभको योगदान हुने आयोजकको विश्वास छ ।

सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीले भने, ‘हामीले विभिन्न क्षेत्रको अध्ययन र विश्लेषण गरेर कन्क्लेभमा छलफल गर्ने विषयहरुको पहिचान गरेका हौं ।’ उनका अनुसार कन्क्लेभमा विश्वस्तरी संस्थाहरु नोकिया, टाइको, जोनसोन कन्ट्रोल्स, राडवेयर, भर्टिभ लगायतको प्राविधिक सहयोग रहेको छ ।

‘नवीनतम प्रविधिबारे विशेषगरी हाम्रा इन्टरप्राइज कस्टमरले थाहा पाउनुपर्छ । हाम्रा कस्टरमरले मात्रै हाेइन, जोकोहीले यस्ता प्रविधिबारे अपडेटेड हुनुपर्छ । विश्वमा कस्ता प्रविधि आएका छन्, नेपालमा के कस्तो छ अवस्था र कसरी त्यस्ता प्रविधिको सही प्रयोग गर्न सकिन्छ भन्ने विषयमा कन्क्लेभमा बृहत् छलफल गरिन्छ,’ सुबिसु केबल नेट अन्तर्गतको इन्जिनियरिङका भाइस प्रेसिडेन्ट बालकृष्ण अधिकारीले भने ।

कार्यक्रममा २ सत्रमा सञ्चालन हुने छ । पहिलो सत्रमा विभिन्न विषयविज्ञहरुले आफ्ना प्रस्तुति दिने र सहभागीलाई सहजिकरण गर्ने छन् । त्यस्तै दोस्रो संस्करणमा सरोकारवाला क्षेत्रका विज्ञहरुबीच प्यानल डिस्कसन गरिने छ ।

कार्यक्रममा छलफल हुने विषयहरु :

- Blockchain Technology in Cybersecurity
- QoS of Internet
- Technology for Secured Society
-
IoT with AI
-
Futute of Data Center
-
Emerging Technologies for Digital Transformation

त्यस्तै कार्यक्रममा म्यागासेसे पुरस्कार तथा इन्टरनेट हल अफ फ्रेम विजेता महावीर पुनको विशेष प्रस्तुति रहने छ भने टाटा, नोकिया, टाइको, राडवेयर, भर्टिभ जस्ता विश्व प्रख्यातप्राप्त आइटी कम्पनीका विज्ञहरुले माथि उल्लेखित विभिन्न विषयमा आफ्नो प्रस्तुति दिने छन् ।

कार्यक्रमसँग सम्बन्धित थप जानकारीका लागि conclave2019.subisu.net.np मा लगइन गर्नहोस् ।