कीवर्डहरू -

एटिएममा नेपाली भाषा प्रयोग गर्नुपर्ने

एटिएममा नेपाली भाषा प्रयोग गर्नुपर्ने

काठमाडौं। अटोमेटेड टेलर मेसिन ( एटिएम ) मा सबै बैंकहरुले नेपाली भाषाको प्रयोग गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बैंकहरुलाई ३० दिनभित्र सबै एटिएममा नेपाली भाषाको प्रयोग गर्न निर्देशन दिएको छ।

एटिएममा नेपाली भाषा नभएकाले एटिएम प्रयोग गर्दा असहजता भएको गुनासो आएकोले नेपाल राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो।

हाल नेपालमा केही बैंकहरुले एटिएममा अंग्रेजी र नेपालीमध्ये एउटा भाषा छनौट गर्न सकिने व्यवस्था मिलाएका छन। भने केहि बैंकको एटिएममा भने अंग्रेजी भाषाको मात्रै प्रयोग गर्न सकिन्छ।

\"\"