कीवर्डहरू -

भ्वाइस सेवा प्रदायकले अफर लागु गर्नुभन्दा ७ दिन अगाडि प्राधिकरणलाई जानकारी दिनुपर्ने

भ्वाइस सेवा प्रदायकले अफर लागु गर्नुभन्दा ७ दिन अगाडि प्राधिकरणलाई जानकारी दिनुपर्ने

भ्वाइस सेवा प्रदायकहरूले फेस्टिभल अफर र प्रमोसनल अफर लागु गर्नु पूर्व कम्तिमा ७ दिन अगाडि नै नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिनुपर्ने भएको छ ।

नियामक निकाय प्राधिकरणले प्राधिकरणबाट अनुमतिप्राप्त भ्वाइस सेवा प्रदायकहरूले विभिन्न किसिमका अफर लागु गर्दा पालना गर्नुपर्ने शर्त बन्देजहरू सम्बन्धि व्यवस्थाको मस्यौदामा यस्तो व्यवस्था गरेको हो ।

फेस्टिभल अफर र प्रमोसनल अफर लागु गर्नु पूर्व कम्तिमा ७ दिन अगाडि नै प्राधिकरणलाई जानकारी गराएर मात्र लागु गर्नुपर्ने मस्यौदामा उल्लेख गरिएको छ ।

प्राधिकरणलाई पूर्व जानकारी गराउँदा निवेदनमा सम्बन्धित अफर लागु हुने मिति स्पस्ट उल्लेख गर्नुपर्नेछ । अफर लागु गर्न उपभोक्ता तथा सर्वसाधारणलाई समेत सूचनाबाट पूर्व जानकारी गराउनु पर्नेछ ।

भ्वाइस सेवा प्रदायक प्रत्येक आर्थिक वर्षमा फेस्टिभ र प्रमोसनल गरी दुई वटा अफर सञ्चालन गर्न पाउने छन् । यसरी अफर सञ्चालन गर्दा एक पटकमा बढीमा १० वटा मात्र र एक आर्थिक वर्षमा बढीमा कुल १०० वटासम्म मात्र विभिन्न किसिमका प्रडक्ट/प्याकेजहरू फेस्टिभल अफरको रूपमा लागु गर्न सक्ने छन् ।

त्यसैगरी एक आर्थिक वर्षमा बढीमा २५ वटासम्म विभिन्न किसिमका प्रडक्ट/प्याकेजहरू प्रमोसन अफरको रूपमा लागु गर्न सक्ने छन् ।

साथै फेस्टिभल समय सञ्चालन गर्न पाउने अधिकतम १५ दिन हुनेछ भने प्रमोसनल अफर सञ्चालन गर्न पाउने अधिकतम सीमा ३ महिना हुनेछ ।

प्राधकिरणबाट स्वीकृत गरिएको स्वीकृत नियमित महशुल दरसँग सम्बन्धित विभिन्न किसिमका प्रडक्ट/प्याकेजहरू भन्दा फरक विशेषता भएकोलाई प्रमोसनल अफरको रूपमा सञ्चालन गर्नु पर्नेछ ।

यस बाहेक सेवा प्रदायकले फेस्टिभल अफर सञ्चालन गर्दा थप सुविधा तथा थप सहुलियत नपाउने भए उक्त प्रडक्ट/प्याकेजहरूलाई फेस्टिभल अफरको रूपमा सञ्चालन गर्न पाइने छैन् ।

यद्यपी यी व्यवस्था अहिले मस्यौदाको रूपमा रहेका छन् । यी व्यवस्थामा प्राधिकरणले राय, सल्लाह सुझाव माग गरेको छ । प्राधिकरणको कार्यालय वा [email protected], [email protected] मा इमेल समेत गर्न सकिने छ ।

यस्तो मस्यौदा