कीवर्डहरू -

नेपालबाट ६७ अर्ब बढीको आइटी सेवा निर्यात, एक वर्षमा ६४ प्रतिशतले वृद्धि 

नेपालबाट ६७ अर्ब बढीको आइटी सेवा निर्यात, एक वर्षमा ६४ प्रतिशतले वृद्धि 

नेपालबाट सन् २०२२ मा करिब ५१५ मिलियन अमेरिकी डलर अर्थात ६७ अर्ब ६६ करोड ८४ लाख नेपाली रूपैयाँको सूचना प्रविधि सेवा निर्यात भएको छ ।

सर्वांगीन विकास अध्ययन केन्द्र (आईआईडीएस) को नेतृत्वमा भएको अध्ययनले १ वर्षमा ६७ अर्ब बढीको सूचना प्रविधि सेवा निर्यात भएको देखाएको हो ।

सन् २०२२ मा १०६ वटा सूचना प्रविधि कम्पनी र६६ हजार ५०९ फ्रिल्यान्सरले ६७ अर्ब बढीको सेवा निर्यात गरेका हुन् ।

आईटी कम्पनीले सन् २०२२ मा २०१ मिलियन, आईटी फ्रिल्यान्सरले ६९ मिलयन र सूचना प्रविधि सेवा इनेबल सर्भिस (आईटीईएस) फ्रिल्यान्सरले २४४ मिलियन अमेरिकी डलर बराबरसेवा सेवा निर्यात गरेको अध्ययनमा उल्लेख छ ।

सन् २०२१ को भन्दा सूचना प्रविधि सेवा निर्यात ६४.२ प्रतिशतले वृद्धि भएको छ । सन् २०२१ मा ३१३ मिलियन अमेरिकी डलर बराबरको आईटी सेवा निर्यात भएको थियो । यस्तै सन् २०२० मा ३०८ मिलियन अमेरिकी डलर बराबरको आईटी सेवा नेपालबाट निर्यात भएको थियो ।

आईआईडीएसले प्राइमरी डेटाको रूपमा ३८९ फ्रिल्यान्सर र ८६ आईटी कम्पनीको सहभागीतामा उक्त अध्ययन गरेको थियो । यस बाहेक १०० बढी सरोकारवालासँग परामर्स समेत गरिएको थियो ।

सेकेन्डरी डेटाको रूपमा नेपाल राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग, राष्ट्रिय तथ्यांक कार्यालय, कम्पनी रजिष्टारको कार्यालय र अनलाइन लबर इन्डेक्सको तथ्यांकलाई लिइएको थियो ।