कीवर्डहरू -

प्राधिकरणको स्पष्टिकरणः टेरामोक्स प्रविधिले भ्वाइस ट्यापिङ गर्दैन्, एसएमएस पनि हेर्दैन्

प्राधिकरणको स्पष्टिकरणः टेरामोक्स प्रविधिले भ्वाइस ट्यापिङ गर्दैन्, एसएमएस पनि हेर्दैन्

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम सेवा प्रदायकको सिस्टममा राख्न लागेको टेरामोक्स (टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ तथा फ्रड कन्ट्रोल सिस्टम) प्रविधिबाट कल ट्यापिङ नगर्ने र ग्राहकको एसएमएस नहेर्ने स्पष्ट पारेको छ ।

नेपाल टेलिकमले ग्राहकको डेटा सुरक्षामा प्रश्न उठाउँदै टेरामोक्स जडानमा सहयोग नगरेपछि प्राधिकरणले टेरामक्स प्रविधिले कल ट्यापिङ नगर्ने र ग्राहकको एसएमएस पनि नहेर्ने स्पष्ट पारेको हो ।

‘यस परियोजनाको उद्देश्य ग्राहकले कल ट्यापिङ गर्ने र ग्राहकको एसएमएस हेर्ने नभइ राज्यको अर्बौ आम्दानी किन घट्यो ? मोबाइल अपरेटरले कन्जुमरलाई बाचा गरे अनुरूपको सेवाको गुणस्तरीयता दोएका छन् कि छैनन् । मोबाइल अपरेटर नाफामुखी मात्र भएर कम गुणस्तरीय सेवा दिइ उच्च गुणस्तर बराबरको मूल्य लिइ रहेका छन कि छैनन् भन्ने निर्क्यौल गर्नु हो,’ प्राधिकरणले भनेको छ ।

प्राधिकरणका अनुसार यदी मोबाइल अपरेटलाई टेरामोक्स प्रविधिले आफ्ना ग्राहकको गोपनियता लगायत अरूको अनाधिकृत पहुँच भन्ने लागेमा दूरसञ्चार प्राधिकरणलाई दिने डेटा इन्क्रिप्टेड गर्न सकिने छ ।

टेलिकम कम्पनीको ग्राहक संख्या र भ्वाइस बढ्दै जाने तर वार्षिक रूपमा अर्बौको राजस्व घट्दै गएपछि त्यसको यथार्थ थाहा पाउन टेरामोक्स प्रविधि जडान गर्न लागेको छ ।

‍टेरामोक्स दूरसञ्चार क्षेत्रमा हुने ठगी, भ्वाइस तथा डेटा सेवाको गुणस्तर मापन तथा भ्वाइस र डेटाको टोटल भोलुम परीक्षण गर्ने प्रविधि हो ।

यसले भ्वाइस र डेटा सेवाको गुणस्तर वृद्धि गरी ग्राहकलाई अधिकतम स्तरीय सेवा प्रदान गर्न र राजस्व बढाउन मद्दत गर्ने प्राधिकरणले जानकारी दिएको छ ।