कीवर्डहरू -

तेस्रो त्रैमासिकमा साइबरट्रक सार्वजनिक गर्दै टेस्ला

तेस्रो त्रैमासिकमा साइबरट्रक सार्वजनिक गर्दै टेस्ला

टेस्लाले सन् २०२३ को तेस्रो त्रैमासिकमा साइबरट्रक सार्वजनिक गर्ने भएको छ । टेस्लाका प्रमुख एलन मस्कले विद्युतीय ट्रक धेरै मात्रामा निर्माण तेस्रो त्रैमासिकमा मात्रै हुने बताएका छन् ।

सन् २०२३ को मार्च–अप्रिलदेखि कम्पनीले साइबरट्रकको निर्माण गर्न सुरु गरेको थियो । टेस्लाले साइबरट्रकलाई सन् २०१९ मै सार्वजनिक गरेको भएपनि मास प्रडक्सन गर्न थालेको छैन् ।

टेस्लाले यसअघि पनि मास प्रडक्सनमा जानु अगाडि प्रोटोटाइप सार्वजनिक गर्ने गरेको थियो । सन् २०१७ मै देखाईएको मोडेल थ्रीलाई सन् २०१८ सम्म पनि बजारमा उपलब्ध गराइएको थिएन् । तर अब भने यही वर्ष साइबरट्रक सार्वजनिक हुने भएको छ ।

यही वर्ष देखिनै टेस्लाले धेरै मात्रामा साइबरट्रकहरु डेलिभर गर्न पनि सुरु गर्ने भएको छ । यसअघि ट्रकको मूल्य ३९,९०० डलरदेखि ७० हजार डलरसम्म पर्ने बताइएको थियो ।