कीवर्डहरू -

साउन महिनामा इलेक्ट्रीक कार आयातमा कमी 

साउन महिनामा इलेक्ट्रीक कार आयातमा कमी 

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिनामा इलेक्ट्रीक कार (इभी) आयातमा कमी  आएको छ ।
साउन महिनामा पेट्रोलियम पदार्थबाट चल्ने र विद्युतबाट चल्ने कुल कारहरुमध्ये ईभीले १९ प्रतिशत मात्र हिस्सा ओगटेको हो ।

साउन महिनामा विभिन्न ब्राण्डका ११० यूनिट विद्युतीय कार आयात भएका छन् । यसमा सबैभन्दा धेरै चीनबाट ८३ यूनिट आयात भएको भन्सार विभागको तथ्यांकमा देखिएको छ । बाँकी २७ यूनिट ईभी भारतबाट आयात भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ईभीको आयात २११ यूनिट थियो ।

अहिले भारतबाट आयात भएको ईभीमा सबैभन्दा ठूलो हिस्सा सिट्रोन सी–३ को रहेको छ । सी–३ मा ४२ किलोवाट क्षमताको मोटर छ । साउनमा २१ यूनिट ५० किलोवाटभन्दा कम क्षमताका ईभी भारतबाट नेपाल आएको हो ।

त्यसैगरी सबैभन्दा धेरै ५० किलोवाटदेखि १०० किलोवाट क्षमताका ईभी चीनबाट आयात भएको देखिन्छ । चीनबाट ७५ यूनिट गाडी यो सेग्मेन्टमा आयात भएको हो । चीनबाट भएको आयातमा बीवाइडी एटो–३ को हिस्सा सबैभन्दा धेरै छ । त्यस्तै यही सेग्मेन्टमा भारतबाट ६ यूनिट मात्रै ईभी आयात भएको छ । जुन टाटा नेक्सन हो ।

यस बाहेक १०१ देखि २०० किलोवाट क्षमताका ५ यूनिट र २०१ माथि ३०० किलोवाटसम्मका ३ यूनिट ईभी चीनबाट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख रहेको छ ।