कीवर्डहरू -

२३ लाखमै विद्युतीय गाडी हेनरी मिनकार पाइने

२३ लाखमै विद्युतीय गाडी हेनरी मिनकार पाइने

विद्युतीय गाडी हेनरी मिनकार २३ लाखमै पाइने भएको छ । शुक्रबारदेखि भृकुटिमण्डपमा सुरू भएको ईभी एक्सपोमा २३ लाखमै पाइने भएको हो ।

सको वास्तविक मूल्य २४ लाख ५० हजार भएपनि एक्सपोमा डेढलाख छुट पाइने छ । ४ जना बस्न मिल्ने ५ ढोके सो मिनी कारको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ भने ह्विलबेस २४४० एमएम छ ।

३५ किलोवाटको मोटर र १६.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री भएको सो मिनी कारले सिंगल चार्जमा १८५ किलोमिटर रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ ।

यसको ब्याट्रीमा ५ वर्षको वारेन्टी रहेको छ भने मोटरमा ३ वर्ष वारेन्टी रहेको छ । हेनरी मिनकारमा रिजेनेरेटिभ ब्रेकिङ, रिभर्स पार्किङ सेन्सर, रिभर्स मल्टिमिडया पार्किङ लगायत सुविधा छन ।