कीवर्डहरू -

टेस्लाको चिनियाँ फ्याक्ट्रीमा २० लाख युनिट कार उत्पादन, हरेक ४० सेकेन्डमा बन्छ एउटा कार

टेस्लाको चिनियाँ फ्याक्ट्रीमा २० लाख युनिट कार उत्पादन, हरेक ४० सेकेन्डमा बन्छ एउटा कार

ठूला इलेक्ट्रिक भेहिकल (इभी) कम्पनी मध्येको टेस्लाको चाइना फ्याक्ट्रीले चार वर्षमा २० लाख युनिट कार उत्पादन गरेको छ । यस कारखानामा टेस्लाको मोडल ३ र मोडल वाई इलेक्ट्रिक कार बन्छन् । यी कारहरू चीनमा बिक्री र निर्यात पनि गरिन्छ ।

यो कम्पनीको लागि भोल्युमको आधारमा सबैभन्दा ठूलो कारखाना हो । टेस्लाका लागि चीन ठूलो बजार हो । गत महिना, कम्पनीले चीनमा ८४,१५९ यूनिट बेचेको थियो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.३ प्रतिशतले बढी हो । हालै टेस्लाले मोडल ३ र मोडल वाईको मूल्य घटाएको छ, जसका कारण कम्पनीको बिक्री ह्वात्तै बढेको छ ।

चीनको सांघाईमा रहेको कारखानामा हरेक ४० सेकेन्डमा एउटा विद्युतीय कार उत्पादन हुने हालै रिपोर्ट आएको थियो । पछिल्ला केही त्रैमासिकदेखि टेस्लाका सीईओ, एलन मस्कले उत्पादन बढाउन जोड दिइरहेका छन् ।

टेस्लाको भारतमा कारखाना स्थापना गर्ने योजना पनि अगाडि बढिरहेको छ । हालै कम्पनीका वरिष्ठ अधिकारीहरूले भारतको केन्द्र सरकारका वरिष्ठ अधिकारीहरूसँग बैठक गरेका थिए । कम्पनीको घरेलु इकाई टेस्ला इन्डिया मोटर एण्ड इनर्जीले महाराष्ट्रको पुणेस्थित विमान नगरमा एउटा कार्यालय भाडामा लिएको छ ।

टेस्लाले करिब दुई वर्षअघि बेंगलुरुमा आफ्नो सहायक कम्पनी दर्ता गरेको थियो । तर, कम्पनीले भारतमा व्यवसाय सुरु गर्न लामो समय लगाएको छ । कम्पनीको कारखानाको वार्षिक क्षमता करिब पाँच लाख युनिट हुन सक्छ । भारतमा बनेको कम्पनीको इलेक्ट्रिक कारको मूल्य २० लाख भारतीय रुपैयाँदेखि सुरु हुन सक्छ ।