कीवर्डहरू -

चितवन र बुटवलमा अब सेगवेको नयाँ शोरुम

चितवन र बुटवलमा अब सेगवेको नयाँ शोरुम

सेगवे-नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले चितवन र बुटवलमा नयाँ शोरुमको उद्घाटन गरेको छ । लोक सुशीला मोटर प्रा. लि, कालिका चोक, बुटवल र युनाइटेड अटो कन्सर्न प्रा. लि, हाकिम चोक, भरतपुर (अष्टभुजा पेट्रोल पम्प नजिक) संगको सहकार्यमा शोरूम संचालनमा ल्याएको हो ।

बुटवल र चितवनका शोरुमहरुमा अत्याधिक लोकप्रिय एन-१००, ई-१००, ई-११०एल र ई-१२५ मोडलहरुसहित सेगवेका उत्पादनहरुको सम्पूर्ण रेन्ज उपलब्ध हुनेछन् । उद्घाटन अफर अन्तर्गत यी शोरुमहरुमा सेगवे ई-स्कूटर र उत्पादन सस्तो मूल्यमा खरिद गर्न सकिने छ ।

यी शोरुमहरुबाट ग्राहकहरूले सेगवेका नवीन उत्पादनहरूको खरिद मात्र नभएर यसको ब्याट्री रेन्टल, ब्याट्री स्वाप, र तीव्र चार्जिङ सपोर्ट लगायत सेवाहरूको विस्तृत रुपमा फाइदा लिन सक्नेछन् ।

शोरूमका आगन्तुकहरूले जानकार कर्मचारीहरूबाट विशेषज्ञ निर्देशन प्राप्त गर्दै सेगवेको लोकप्रिय इलेक्ट्रिक स्कुटरहरू, व्यक्तिगत ट्रान्सपोर्टरहरू, र अन्य मौलिक साधनहरूको टेस्ट-ड्राइभ गर्ने अवसर पाउनेछन् ।

यी शोरुमहरूको संचालनसँगै आईहब प्रालिले नेपालमा दिगो र प्रभावकारी व्यक्तिगत यातायात साधनहरूलाई थप प्रवद्र्धन गर्दै सेगवेका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।