कीवर्डहरू -

रोयल्टी र दूरसञ्चार विकास कोषको बक्यौता रकम तत्काल दाखिला गर्न प्राधिकरणको निर्देशन 

रोयल्टी र दूरसञ्चार विकास कोषको बक्यौता रकम तत्काल दाखिला गर्न प्राधिकरणको निर्देशन 

नेपाल दूरसञ्चार प्राधिकरणले सरकार तथा प्राधिकरणमा दाखिला गर्नु पर्ने बक्यौता रकम यथाशिघ्र दाखिला गर्न सेवा प्रदायकलाई अनुरोध गरेको छ ।

एक सूचना प्रकाशित गर्दै प्राधिकरणले अनुमतिप्राप्त सेवा प्रदायकहरूलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको बक्यौता रकम तत्काल दाखिला गर्न अनुरोध गरेको हो ।

प्राधिकरबाट अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले दूरसञ्चार सेवा संचालन गरे वापत कूल आम्दानीको ४ प्रतिशतले हुन आउने रोयल्टी र २ प्रतिशतले हुन आउने ग्रामीण दूरसञ्चार विकास कोषमा रकम दाखिला गर्नुपर्ने व्यवस्था छ ।

तर केही सेवा प्रदायकले नियमानुसार सरकार तथा प्राधिकरणमा दाखिला गर्नु पर्नेमा पटक-पटक ताकेता गर्दा समेत हालसम्म दाखिला गरेको नपाइएको हुँदा बुझाउनु पर्ने बक्यौता रकम यथाशिघ्र दाखिला गरी प्राधिकरणमा जानकारी गराउन प्राधिकरणले निर्देशन दिएको छ ।

हालसम्म तिर्न बुझाउन बाँकी रहेको सम्पूर्ण बक्यौता रकम दाखिला नगरेमा नियमानुसार हदैसम्मको कारबाही अगाडी बढाइने व्यहोरा समेत प्राधिकरणको भनाइ छ ।