कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणले पायो कार्यकारी नेतृत्व, पुरुषोत्तम खनाल अध्यक्षमा नियुक्त

दूरसञ्चार प्राधिकरणले पायो कार्यकारी नेतृत्व, पुरुषोत्तम खनाल अध्यक्षमा नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त भएका छन् । दिगम्बर झाले पुसमा अध्यक्षबाट राजिनामा दिएपछि प्राधिकरण नेतृत्वविहीन थियो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले खनाललाई प्राधिकरणको कार्यकारी अध्यक्षमा नियुक्त गरेको जानकारी दिए ।

प्राधिकरणमा कार्यकारी नेतृत्व नहुँदा बोर्ड बैठक बस्न सकेको थिएन भने अधिकाशं योजनाको चुस्त कार्यान्वयन हुन सकेको छैन ।

खुला प्रतिष्पर्धाबाट खनाल अध्यक्षमा नियुक्त भएका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको तीनजनाको सिफारिसमध्येबाट मन्त्रिपरिषद्ले खनाललाई छनौट गरेको हो ।

खनालबाहेक डा. नन्दविक्रम अधिकारी र दिपकराज जोशी पनि अध्यक्षको दौडमा थिए । 

यसैबीच मन्त्रिपरिषद्काे बठैकले दूरसञ्चार (नवाैं संशाेधन), नियमावली  २०७६ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेकाे छ ।