कीवर्डहरू -

इन्टरसफ्ट इन्साइड प्रालिले ल्यायो विद्यार्थीका लागि श्रव्य-दृश्य पाठ्यसामग्री

इन्टरसफ्ट इन्साइड प्रालिले ल्यायो विद्यार्थीका लागि श्रव्य-दृश्य पाठ्यसामग्री

काठमाडौं। इन्टरसफ्ट इन्साइड प्रालिले कक्षा १० का विद्यार्थीलाई लक्षित गरेर श्रव्य-दृश्य पाठ्यसामग्री बजारमा ल्याएको छ। इन्टरसफ्ट इन्साइडले कक्षा १० का गणित, विज्ञान र अतिरिक्त गणित विषयको मोबाइल एप्स तयार गरी डिजिटल पाठ्यसामाग्री बजारमा ल्याएको छ। इन्टरनेटको पहुँच नहुनेले पनि सजिलै अध्ययन गर्न सकिने छ। जसमा १६ र ३२ जीबी मेमोरी कार्डमा भिडियो सामाग्री उपलब्ध गराईने छ।

डिजिटल क्लास एप विकासकर्ता चन्द्र श्रेष्ठका अनुसार यो एप विकास गर्नुको मुख्य उदेश्य भनेको सस्तोमा क्वालिटी शिक्षा प्रदान गर्ने र इन्टरनेटको पहुँच नभएको ठाँउमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको बताएका छन्। केही समयपछि अन्य कक्षाका लागि पनि भिडियो सामाग्री उपलब्ध गराउने योजना रहेको उनले बताएका छन्।