कीवर्डहरू -

असोज १ गते \'राष्ट्रिय बिज्ञान दिवस\' मनाइदै

असोज १ गते \'राष्ट्रिय बिज्ञान दिवस\' मनाइदै


सरकारले असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने भएको छ । सात वर्ष अघि मनाउन सुरु गरिएको यस दिवसको अबसरमा देशमा भएका विज्ञान प्रविधिका उपलब्धीहरु प्रस्तुत गर्दै आगामी दिनमा बनाउनुपर्ने रणनिती तथा योजनाहरु तयार पारिने बताइएको छ ।


विज्ञान दिवसलाई उपलब्धी मुलक बनाउन माननीय शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रि गिरिराज मनि पोखरेलको अध्यक्षतामा ४३ सदस्य समिति गठन गरिएको छ ।

असोज १ गते राष्ट्रिय बिज्ञान दिवस नेपालभरि मनाउने घोषणा सहित भाद्र १० र १७ गते विभिन्न बैठकहरु सम्पन्न भएका थिए । यस क्षेत्रमा काम गरिरहेका दर्जन बढि सस्थाहरुको सहकार्यमा विज्ञान दिवसको तयारी भइहरेको मन्त्रालयको सचिवालयले जानकारी दिएको छ । कार्यक्रममा १२ वटा स्टलमा विभिन्न नयाँ प्रविधिहरु प्रदर्शनमा राखिनेछ । रोबोटिक्स, एआई, आइओटी, थ्रिडि प्रिन्टिङ, अनलाइन भोटिङ मेसिनजस्ता नेपालमा नै विकास भएका प्रविधिहरु प्रदर्शन गरिने बताइएको छ ।


देशभरका विद्यालयहरुमा विज्ञान दिवस मनाउन परिपत्र गरिएको मन्त्रालयले जनाएको छ । कार्यक्रममा नेपालमा विज्ञानको विकासक्रम र नयाँ इमर्जिङ प्रविधिहरुको बारेमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन । यसैगरी विभिन्न प्रतियोगिताका उत्कृष्टहरुलाई सम्मानपत्र प्रदान गरिने जनाइएको छ । सोहि दिन नास्टले बिज्ञान प्रविधिको रिसर्चमा काम गर्नेहरुको लागि एक महत्वपुर्ण पुरुस्कारको घोषणा समेत गर्ने भएको छ ।

\"\"


नेपाल अधिराज्यभरिको सम्पूर्ण बिज्ञान र प्रबिधिमा सम्बन्धित संघ संस्था, विद्यालय र सम्पूर्ण निकायलाई बिभिन्न कार्यक्रम गरि बिज्ञान दिवसको दिन कार्यक्रम आयोजना गर्न आह्वान गरिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षामा प्रविधिको प्रयोग र नविनतम प्रविधिहरुको प्रवद्धनममा जोड दिने जनाएको छ ।