कीवर्डहरू -

श्रीयोग डट कमको औपचारिक शुभारम्भ, पार्टटाईम काम गर्ने मौका

श्रीयोग डट कमको औपचारिक शुभारम्भ, पार्टटाईम काम गर्ने मौका

तपाईंलाई पार्ट टाइम काम गर्ने मानिस चाहिएको छ ? कहाँ खोज्ने ? इन्टरनेटमा सर्च गर्नु हुन्छ । तर, पाउन मुस्किल छ । अब समाधान ल्याएको छ श्रीयोग डटकमले । मानिसको दैनिकीलाई सहज बनाउन श्रीयोग कन्सल्टिङ्ग प्रा. लि. ले श्रीयोग डट कम नामक वेभसाइटबाट यस्तो सेवा दिन थालेको छ ।

विहिवार होटल हिमालयमा आयोजित पत्रकार सम्मेलन मार्फत कम्पनीले श्रीयोग सार्वजनिक गरेको हो । यस डिजिटल प्लाटफर्मकोे प्रमुख उद्देश्य बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुमा रहेको सिप तथा अनुभवलाई उचित ढंगबाट प्रयोगमा ल्याई उनीहरुका लागि आम्दानीको बाटो सिर्जना गर्नु रहेको सस्थापक प्रकाश उप्रेतीले बताए ।

डिजिटल प्लाटफर्ममा विभिन्न १८ वटा मुख्य समुह, १ सय ५० भन्दा बढी उप–समुह तथा ती पेशासँग सम्बन्धित व्यक्तिहरुको नाम, सम्पर्क नम्बर तथा ठेगाना, प्रोफाइल फिचर, नजिकको लोकेसनमा देखिने–नदेखिने बनाउन सक्ने, रेटिङ, रिभ्यु, शुल्क, अफर, कामका लागि उपलब्ध भएको, नभएको जानकारी समूह अनुसार राखी पार्टटाईम काम गर्ने मौका दिएको छ ।

फुर्सदको समयलाई राम्रो कुरामा ब्यतित गर्दा समयको सदुपयोग हुनुका साथै पैसा पनि कमाइ गर्न सकिने यो प्लाटफर्मलाई कम्पनीले नेपालसँगै अस्ट्रेलियामा पनि सुरु गरेको छ । हाम्रो यो सानो प्रयासले देशमा विद्यमान वेरोजगारी समस्यालाई धेरै हदसम्म कम गर्ने भएकाले यो कार्य सामाजिक सेवाकै एक पहल रहेको कम्पनीले जनाएको छ ।

\"\"

यस अनलाइनमा आफूलाई सूचिकृत गर्न चाहने ब्यक्तिले www.sriyog.com/register मा गएर आफूलाई दर्ता गराउनु पर्छ । दर्ता गराउन मोवाइल वा इमेल ठेगाना आवश्यक हुन्छ ।

दर्ता गराउँदा आफ्नो ब्यक्तिगत विवरण, फोटो र अनुभवसमेत राख्न सकिन्छ । यसरी विभिन्न रोजगारीको किसिममा सूचिकृत भएका ब्यक्तिहरुलाई रोजगार दाताले उनीहरुको ब्यक्तिगत विवरण हेरेर सिधै सम्पर्क गर्न सक्छन् ।


मुलुकमा बेरोजगारी बढिरहेको छ, साथै अवसर पनि बढि रहेको छ । सिप भएर पनि मौका नपाउँदा धेरै नै व्यक्तिहरू मुलुकभित्र बेरोजगार भएर विदेश पलायन हुनु परेको अवस्था छ । दैनिक १५ सय मानिस नेपाल छाडेर विदेशिने गरेको तथ्यांक नेपाल सरकार आफैंले दिने गरेको छ ।

घर, परिवार, आफन्त, समाज, आफ्नै देश अनि कर्मयोगी समय अरुकै देशमा खर्च गर्नु पर्ने बाध्यता नेपालमा छ । यससँगै विभिन्न समय, चाडपर्व, अनि घर–अफिस, फ्याक्ट्री अथवा कुनै ठाउँमा कोही सीपालु मान्छे चाहिँदा त्यस्ता ब्यक्ति खोज्न नै धेरै दिन लाग्ने कुरा सर्वविदितै छ । यो हामीले दैनिक जिवनमा भोग्दै आइरहेका नै छौं ।

यस्तै समस्याहरूलाई समाधान गर्नका लागि तथा आफूलाई चाहिएको ब्यक्ती तुरुन्त पाउन सजिलो होस् भन्ने उद्देश्यले यस्तो अनलाईन प्लाटफर्मको परिकल्पना गरिएको सस्थापक उप्रेतीेले बताए । कम्पनीले यसै साता एन्ड्रोइड र आइओएस भर्सनमा पनि एप्लिकेशन सार्वजनिक गर्ने जनाएको छ ।