कीवर्डहरू -

टिभिएस स्वास्थ्यका लागि रमाइलो दौड हुदै

टिभिएस स्वास्थ्यका लागि रमाइलो दौड हुदै

नेपालको सबैभन्दा ठूलो पर्व बडादशैंको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आरम्भ गरेको उपभोक्ता प्रर्वद्धन योजना “टिभिएस दशैंको दौड” ले सबैलाई दौडमा निःशुल्क भाग लिने अवसर दिएको छ ।

टिभिएस शोरुममा नगएर वा टिभिएस बाइकन किनेर पनि सहभागी बन्न पाइने गजबको अफर रहेको यस योजनाको एक महत्वपूर्ण पक्ष रमाइलो म्याराथन दौड हो ।

देशका विभिन्न भागहरुमा यस प्रकारको म्याराथन दौड संचालन गर्ने लक्ष्य बोकेको जगदम्बा मोटर्सले यही भाद्र २८ गते शनिबार काठमाडौंमा पहिलो पटक यो “टिभिएस दशैंको दौड” अन्तर्गतको म्याराथन दौडको आयोजनागर्ने भएको छ ।

उक्त दिन विहान ७ बजेदेखि शुरु हुने यो रमाइलो दौडको विषयमा प्रकाश पार्दै कम्पनीका उपाध्यक्ष श्री दीपकअग्रवालले भन्नु भयो “दशैंको चहल पहलले हामीलाई छोइसकेको छ । यो रमाइलो चहल पहललाई अझ रमाइलो बनाउन हामीले हाम्रा ग्राहकहरु समक्ष ल्याएको “टिभिएस दशैंको दौड” प्रति उपभोक्ताहरुले जुन उत्साहजनक रुची दर्शाउनु भएको छ, त्यसबाट हामी अत्यन्त प्रभावित भएका छौं ।

यसै योजना मातहतको एक रमाइलो दौडलाई हामीले स्वास्थ्यका लागि रमाइलो दौड भन्ने नाराका साथ आयोजना गर्न गैरहेका छौं । हामीलाई विश्वास छ आफ्नो स्वास्थ्यप्रति सजग महानुभावहरुले यो दौडमा सहभागीता जनाउनु भई बडा दशैंको स्वागतमा रमाउनु हुनेछ ।”

रमाइलो दौड नक्साल बालमन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्सालमा पुगी समापन हुनेछ ।

सबै उमेर सबै समुहका व्यक्तिहरुले भागलिन सक्ने यो खुला रमाइलो दौडमा सहभागीहुने सबै जनालाई  स्योर सट छुट स्वरुप रु १ हजार प्रदान गरिनेछ भने विजेताहरु मध्ये प्रथम हुनेलाई रु ५० हजार त्यस्तै द्वितीय स्थानमा आउनेलाई रु २५ हजार र तृतीय स्थानमा रहनेलाई रु १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

काठमाडौंमा आयोजना गरिन लागेको रमाइलो दौडमा सहभागी बन्न चाहनेले नक्साल, कुमारीपाटी र टेकूमा रहेको टिभिएस शोरुमहरुमाआफै  गई वा https://tvsmotors.com.np/dashain मा गई अनलाइन मार्फत दौड शुरु हुने दिन नक्साल बालमन्दिरमै विहान ६ बजे उपस्थित भएर पनि आफ्नो नामदर्ता गराउन सक्नेछन् ।