कीवर्डहरू -

२ वटा मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

२ वटा मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

प्रभु बैंकले आफनो सेवा विस्तार गर्ने क्रममा महोत्तरि जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।

बर्दिबासस्थित  मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको भदौ २७ गते बर्दिबास मालपोत कार्यालयका कार्यालय प्रमुख श्री कोमल रन्जन बरालले एक समारोहका विच समुद्घाट्न गरेका हुन। त्यसै गरी जलेश्वरस्थित मालपोत कार्यालय परिसरमा आज  २७ गतेका दिन जलेश्वर मालपोत कार्यालय प्रमुख श्री भुप बहादुर बोगटि र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख श्री युवराज राईले संयुक्त  रुपमा समुद्घाट्न गरे ।

महोत्तरि जिल्लास्थित बर्दिबास मालपोत कार्यालयमा र जलेश्वर मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिहेको प्रभु बैंकले मालपोत कार्यालयमा पनि आफनो सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजश्व जम्मा गर्न सहज हुनुका साथै दुवै मालपोत कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ ।

प्रभु बैंकका दुवै एक्स्टेन्सन काउण्टरहरुबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने तथा दुवै मालपोत कार्यालयको राजश्व संकलन प्रक्रियामा सहजता आई राजश्व संकलनमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टरहरु मार्फत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।