कीवर्डहरू -

लाइन लागेर होइन घरमै बसेर टिकट बुकिङ्ग गरौ

लाइन लागेर होइन घरमै बसेर टिकट बुकिङ्ग गरौ

आज बाट चाडपर्वलाई लक्षित गरी अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । अग्रीम टिकट बुकिङ्ग गर्न नयाँ बसपार्क लगायत अन्य ठाउँमा टिकट काट्नेको भिड लागेको छ ।

तर तपाईहरु घरमै बसेर पनि टिकट बुकिङ्ग गर्न सक्नु हुन्छ । जसको लागि बससेवा डटकमले घरमै बसेर अनलाइनबाट टिकट बुकिङ्ग गर्ने सुविधा दिएको छ ।

तपाईले बससेवा डटकमको वेबसाइट र मोबाइल एपबाट टिकट काट्न तथा बुकिङ्ग गर्न सक्नु हुनेछ । ई सेवा, आईएमई पे लगायतका मोबाइल वालेटबाट पैसा तिरेर टिकट बुकिङ्ग गर्न सकिन्छ ।

५ वर्ष अगाडी सेवा सुरु गरेको बससेवा सँग अहिले दैनिक ६ हजार सिट छन् । अग्रीम टिकट बुकिङ्ग खुल्ला भएको पहिलो दिन नै बससेवा बाट ३५ सयले टिकट लिएका छन् ।