कीवर्डहरू -

विदेश जाने विद्यार्थीहरुले अनलाईनबाटै एनओसी लिन सकिने 

विदेश जाने विद्यार्थीहरुले अनलाईनबाटै एनओसी लिन सकिने 


उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई एनओसी लिन सहज भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नो अब्जेक्सन सर्टिफिकेट ९एनओसी० लाई अनलाईन प्रविधिमा रुपान्तरण गरेपछि विद्यार्थीहरुलाई लाइनमा बस्नुपर्ने झण्झटबाट मुक्ति मिलेको हो ।  

मन्त्रालयका उच्च शिक्षा महाशाखाका सहसचिव रामशरण सापकोटाले आगामी मंसिर पहिलो सातादेखि अनलाइनबाट वैदेशिक अध्ययन अनुमतिपत्र दिइने बताए । अहिले एनओसी लिन मन्त्रालयको एनओसी शाखामा लाम लाग्नुपर्ने बाध्यता छ । 


आवेदन दिने सबैले एनओसी पाउँदैनन् । ‘विद्यार्थीले अनलाइनबाटै अनुमतिपत्र पाउँछन् ।’ सापकोटाले भने । अनलाइनमार्फत पाएको अनुमति प्रिन्ट गरेर विद्यार्थीले आफ्नो प्रयोजनका लागि सम्बन्धित निकायमा बुझाउन सक्नेछन् ।


एनओसीका लागि मन्त्रालयमा बुझाउनु पर्ने दस्तुरसमेत बैंकबाटै बुझाउने व्यवस्था गरिने भएको छ । शुल्क बुझाएको बैंक भौचर, आवेदन, शैक्षिक प्रमाणपत्र, अफर लेटरसहितका आवश्यक कागजात विद्यार्थीले अनलाइनबाटै शाखामा पठाउनु पर्नेछ ।

नेपाल शैक्षिक परामर्श संघ ९इक्यान०का अध्यक्ष विष्णुहरि पाण्डेले मन्त्रालयले डिजिटल प्रविधिमा गएर एनओसी दिने ब्यवस्था गर्दा विद्यार्थीलाई राहत भएको बताए । ‘मन्त्रालयको यो निर्णयले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी एनओसी लिन घण्टौं लाइनमा बस्नुपर्ने झण्झटबाट मुक्त हुन्छन् । इक्यानले यो विषयमा पहल कदमी गरिरहेको थियो । हाम्रो मागलाई ढिलै भएपनि मन्त्रालयले संवोधन गरेर सहि काम गरेको छ ।’ पाण्डेले भने ।


पाण्डेले आफुहरु शैक्षिक परामर्श ब्यवसायलाई ब्यवस्थित, मर्यादित र विद्यार्थी मैत्री बनाउन लागि परेको बताउँदै राज्यलाई विद्यार्थी, अभिभावक र शैक्षिक परामर्श ब्यवसायी मैत्री बनाउन सदैव लागि पर्ने जिकिर गरे ।   हाल प्रत्येक वर्ष नेपालबाट हज्जारौं विद्यार्थी उच्च शिक्षाका लागि विदेशीने क्रम बढेको छ । अस्ट्रेलिया, अमेरिका, क्यानडा, युके, जापान, युरोप लगायत प्रायः सबै देशहरुमा अध्ययनका लागि जाने विद्यार्थीहरुको हकमा एनओसी अनिवार्य छ । स्रोत – मकालुखबर