कीवर्डहरू -

एचएमडी ग्लोबलले २०१८ को अन्त्यमा पेन्टा-लेन्स क्यामेरा सहितको नयाँ नोकिया फ्ल्यागशिप मोडेल लन्च गर्ने

एचएमडी ग्लोबलले २०१८ को अन्त्यमा पेन्टा-लेन्स क्यामेरा सहितको नयाँ नोकिया फ्ल्यागशिप मोडेल लन्च गर्ने

प्रख्यात स्मार्टफोन कम्पनि नोकियाले स्मार्टफोन बजारमा केहि समय अगाडी वापसी गरेको थियो । अहिले नोकिया ब्राण्डका विभिन्न मोडेलका हेडसेट फिनल्याण्डको कम्पनि एचएमडी ग्लोबलले निर्माण गर्दछ ।

नोकियाले २०१२ मा ४१ एमपी क्यामेरा भएको विस्वकै पहिलो स्मार्टफोन नोकिया ८०८ प्युरभ्यु लन्च गरेर सम्पूर्ण स्मार्टफोन उद्योग तथा फोटोग्राफी प्रति उत्साही व्यक्तिहरुलाई आश्चर्यमा पारेको थियो ।

फेरीपनि एचएमडीले नयाँ पेन्टा अथवा ५ वटा लेन्स सहितको फ्ल्याग्शिप फोन निर्माण गरेर नोकिया आफ्नो वर्चस्व कायम राख्ने प्रयासमा देखिएको छ ।

ताइवान स्थित म्यानुफ्याक्चरर कम्पनि फक्सकनको आर एण्ड डी बिजनेससँग काम गर्ने श्रोत द्वारा प्राप्त जानकारी अनुसार एचएमडीले उक्त नयाँ स्मार्टफोन लन्च गर्नका लागि फक्सकन सँग मिलेर काम गरिरहेको बताएको छ ।

एचएमडी ग्लोबलले  पेन्टा लेन्स सहितको नोकियाको नयाँ ह्यान्डसेट तयार गरिसकेको र अहिले परिक्षणको क्रममा रहेको पनि उक्त श्रोतले दावी गरेको छ । फक्सकनले ठुलो संख्यामा उक्त फोन उत्पादन गरिसकेमा सो डिभाइज २०१८ को अन्त्य सम्ममा लन्च हुन सक्ने अनुमान गरिएको छ ।

रियरमा एउटा सर्कलमा सातवटा प्वालहरु सहित पेन्टा लेन्स क्यामेरा हुनेछन् । जहाँ पाँचवटा क्यामेरा र दुईवटा एलइडी फिचर गरिएको हुनेछ ।यो नोकिया ओजो भीआर क्यामेरा जस्तै देखिनेछ ।

लेन्सको प्रकार तथा पाँचवटा क्यामेराको उपयोगको बारेमा केहि पनि बाताइएको छैन । तर पेन्टा लेन्स क्यामेरा भएको सो ह्यान्ड सेट धेरै शक्तिशालि हुने र त्यसको क्यामेरा भने भर्चुअल रियालिटि एप्स तथा गेम खेल्ने उद्देश्यले निर्माण गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

क्वालकम स्नापड्रागन ८४५ मोबाइल चिपसेट प्रयोग गरिएको भनिएता पनि फोनका अन्य फिचर्सका बारेमा भने केहि जानकारी प्राप्त भएको छैन । साथमा फोनको मूल्यको बारेमा पनि केहि बताइएको छैन तर फोन अन्य भन्दा धेरै महँगो पर्ने अनुमान गरिएको छ ।