कीवर्डहरू -

वीरगंजमा हुने प्रदेश स्तरिय क्यान इन्फोटेक माघ ९ गते देखि ५ दिनसम्म चल्ने

वीरगंजमा हुने प्रदेश स्तरिय क्यान इन्फोटेक माघ ९ गते देखि ५ दिनसम्म चल्ने

माघ ९ गते देखि १३ गते सम्म वीरगंजमा प्रदेश स्तरिय क्यान इन्फोटेक २०२० आयोजना हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) पर्साको आयोजना तथा क्यान महासंघ प्रदेश २ को संयोजकत्वमा वीरगंजस्थित नगरसभा गृह (टाउन हल) मा प्रदेश २ स्तरिय क्यान इन्फोटेक आयोजना हुदैछ ।

५ दिनसम्म चल्ने क्यान इन्फोटेक नेपालमा सूचना तथा सञ्चार प्रविधि (आइसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गर्न लागेको क्यान पर्साका अध्यक्ष दिपक साहले बताएका छन् ।

प्रदेश स्तरीय दोस्रो संस्करणको क्यान इन्फोटेकमा अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोलुसन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने छन् ।

त्यसैगरी, आर्टिफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने  सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने आयोजकले बताएको छ ।

गत वर्ष करिब २० हजार भन्दा बढीले अवलोकन गरेको यस मेलामा यो वर्ष ५० हजार भन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा आयोजकको रहेको छ । यसैगरी क्यान इन्फोटेक २०२० को बुकिङ समेत खुल्ला गरिएको छ ।

केन्द्रिय स्तरको क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शिर्ष प्रायोजनमा प्रभु पे, एसोसिएट प्रायोजकमा वल्डलिंक कम्युनिकेशन, अफिसियल इन्सोरेन्समा  प्रभु इन्सोरेन्सले  प्रायोजन गरेको छ ।

त्यस्तै हाल सम्म प्लाटिनम स्पोन्सरमा डाईनामिक टेक्नोसफ्ट, गोल्ड स्पोन्सरमा ब्रदर र लर्ड बुद्ध एजुकेशन फाउण्डेसन, सिल्भर स्पोन्सरमा एस पावर, भायनेटले प्रायोजन गरेका छन् । भने अफिसियल मिडिया संगठनमा प्रविधि पत्रकार मञ्च( टिजेएफ) रहेको छ ।