कीवर्डहरू -

२४ र २५ जनवरीमा ‘वर्णह्याक २०२०’ आयोजना हुदै

२४ र २५ जनवरीमा ‘वर्णह्याक २०२०’ आयोजना हुदै

२४ र २५ जनवरीमा ‘वर्णह्याक २०२०’ आयोजना हुने भएको छ । बाफल स्थित वर्णहार्ट कलेजमा हुने यो कार्यक्रमको मुख्य उदेश्य भनेको  ह्याकिङमा धेरै रुचि भएका मानिसहरु लाई एउटै छाना मुनी ल्याउनु हो ।

‘वर्नह्याक’ वर्नहार्ट कलेजका विद्यार्थीले  आयोजना गरेका हुन् । आइटी फिल्डका प्रोफेसनलहरु सँग अन्तरक्रिया, मेन्टरसीप, जानकारी, मोटीभेसन, नेटवर्क बनाउन यस कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने छ ।

कार्यक्रममा विवेक चौधरी, असीम घिमिरे, गिट तथा गिटहबका एक्सपर्ट विनोद जंग बोगटी, सिनियर अज्युरे कन्स्लटेन्ट प्रदिप कडेल वर्कसपमा उपस्थित हुनेछन् । रजिष्टर गर्न तथा कार्यक्रमबारे थप जानकारी वेबसाइटबाट लिन सकिने छ ।