कीवर्डहरू -

फुजीफिल्मको २४.२ एमपी सेन्सर सहितको एक्स-ए ५ मिररलेस क्यामेरा सार्बजनिक

फुजीफिल्मको २४.२ एमपी सेन्सर सहितको एक्स-ए ५ मिररलेस क्यामेरा सार्बजनिक

फुजीफिल्मले कम्पनिकै सबैभन्दा सानो तथा हलुका एक्स सिरिजको मिररलेस क्यामेरा सार्बजनिक गरेको छ । कम्पनिले एक्स-ए ५ संगै एक्ससी १५-४५ एमएम एफ/३.५-५.६ ओआइएस(इलेक्ट्रिक पावर जुम लेन्स) पनि सार्बजनिक गरेको छ । यो कम्पनिले लन्च गरेको मध्ये अहिले सम्मकै सबैभन्दा हलुका तथा सानो जुम अप्सन हो ।

भर्खरै एक्स सिरिजमा भित्रिएको एक्स-ए ५ मा २४.२ मेगापिक्सेलको इमेज सेन्सर रहेको छ । यसका साथै ४ के भिडियो रेकर्डीङ,अटोमेटिक ब्लुटुथ ईमज ट्रान्सफर  तथा फेज डीटेक्सन अटोफोकस लगायतका फिचरहरु यसमा रहेका छन् । क्यामेरामा १८० डिग्रीको झुकावको रियर एलसीडी स्क्रिन रहेको छ ।

यसमा नयाँ इमेज प्रोसेसिंङ इन्जिन डेभलप गरिएको कारण कम्पनिले पहिलेका एक्स सिरिजका क्यामेराहरुमा भन्दा प्रोसेसिंङ स्पिड १.५ गुणा बढी भएको दाबि गरेको छ । यो संगै एक्स सिरिजका लेन्सहरु पनि १३ एमएम देखि ६७.५ एमएम सम्मका रहेका छन् । अन चिप फेज डीटेक्सन भएका कारण एक्स-ए ५ सिरिजको क्यामेरामा अटोफोकस अघिल्लो पुस्ताको फुजीफिल्मको एक्स-ए३ क्यामेराको भन्दा दोब्बर छिटो छ ।

३ इन्चको रियर एलसीडी मोनिटर जसलाई १८० डिग्रीमा घुमाउन सकिन्छ,यसका साथै यसले अटोमेटिक रुपमा आई एएफ फंक्सन एक्टिभेट गर्ने भएका कारण यो क्यामेराबाट हाई क्वालिटी सेल्फी पनि लिन सकिन्छ ।

यसमा पोट्रेट इनह्यान्सर मुड रहेको छ,जसबाट आफ्नो आवश्यकता अनुसार स्किनको लेभल पनि बढाउन वा घटाउन सकिन्छ ।

यो क्यामेरामा ४ के क्वालिटीको भिडियो तथा फोटो खिच्नका लागि ४ के फंक्सन रहेको छ । यसमा हाई स्पिड एचडी भिडियो स्पिड फंक्सन भएका कारण यसबाट एचडी भिडियो स्लो मोसन मा पनि लिन सकिने कम्पनिले बताएको छ ।

क्यामेरामा ब्याट्रीको कुरा गर्दा एक्स ए ५ बाट एकपटक चार्ज गरिसकेपछि ४५० वटा सम्म फोटोहरु खिच्न सकिन्छ । यसका साथै क्यामेरामा ब्लुटुथको मद्दतले फोटो तथा भिडियोहरु स्मार्टफोन लगायत अन्य डीभाइसहरुमा अटोमेटिक ट्रान्सफर गर्न पनि सकिन्छ ।

एक्स-ए ५ क्यामेराको मूल्य लेन्स किट सहित ५ सय ९९ तोकिएको छ । त्यस्तै यो क्यामेरा ब्राउन, पिंक ,ब्ल्याक तथा सिल्भर कलरमा उपलब्ध रहेको छ ।