कीवर्डहरू -

नैकाप स्थित वाईट फ्यूचर माविमा चलेको विज्ञान प्रर्दशनी सम्पन्न

नैकाप स्थित वाईट फ्यूचर माविमा चलेको विज्ञान प्रर्दशनी सम्पन्न

काठमाडाैं । चन्द्रागिरी नगरपालिकाको नैकापमा अवस्थित वाईट फ्यूचर माविका विद्यार्थीले आयोजना गरेको विज्ञान प्रर्दशनी सम्पन्न भएको छ । यस माविमा अध्ययनरत कक्षा ११ का विज्ञान र व्यवस्थापन अध्ययनरत विद्यार्थीले आफैले बनाएका विभिन्न बस्तुहरु प्रर्दशनीमा राखिएका थिए ।

मेलामा विद्यार्थीले आफै बनाएका विभिन्न मेसिन लगायत विज्ञान प्रविधिका बस्तु राखेको थिए । यही फागुन २० र २१ गते चलेको मेला २२ सयको हाराहारीमा अवलोकनकर्ता सहभागी रहेको वाईट फ्यूचर माविका प्लस टु प्रमुख श्याम कृष्ण महर्जनले जानकारी दिए ।

विद्याथीहरुलाई शैक्षिक विकास सँगै प्रयोगात्मक तरिकाले पनि कसरी अब्बल ज्ञान दिन सकिन्छ भन्ने उदेश्यले मेला आयोजना गरेको वाईट फ्यूचर माविका प्रधानध्यापक दयाराम थापाले बताए । यस माविले अतिरिक्त क्रियाकलाप अन्तरर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ ।