कीवर्डहरू -

विश्व बैंकले स्प्रिङ बैठक भर्चुअल प्लाटफर्ममा सञ्चालन गर्ने 

अप्रिल १७ देखि १९ सम्म अमेरिकामा आयोजना हुने स्प्रिङ मिटिङ भर्चुअल प्लाटफर्ममा सञ्चालन गर्ने मंगलवार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ

विश्व बैंकले स्प्रिङ बैठक भर्चुअल प्लाटफर्ममा सञ्चालन गर्ने 

यतिखेर कोरोना भाइरसको कारण विश्वभर तरंग पैदा भएको छ । अधिकांश देश, कम्पनी तथा संस्थाहरु यसबाट प्रभावित भएका छन । नियमित र महत्वपुर्ण वैठकहरु पनि स्थागन भएका खबरहरु छन । यसै क्रममा विश्व बैंक समूहले विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण बैठक फर्म्याट परिवर्तन गर्ने भएको छ ।


विश्व बैंक र अन्तर्रा्ष्ट्रिय मुद्रा कोषले यो वर्षको स्प्रिङ सिजनको मिटिङ भर्चुअल(अनलाइन) गर्ने निर्णय गरेका छन् । विश्व बैंक समूहका सभापति डेभिड मल्पास र अन्तर्रा्ष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिष्ट्लिना जर्जिभाले सयुक्त विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका छन् ।


अप्रिल १७ देखि १९ सम्म अमेरिकामा आयोजना हुने स्प्रिङ मिटिङ भर्चुअल प्लाटफर्ममा सञ्चालन गर्ने मंगलवार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । विश्वभरबाट करिब १० हजार मानिसहरु यस बैठकमा सहभागी हुने गरेका थिए ।

\"\"