कीवर्डहरू -

२ वर्षका लागि क्यान महासंघको रोडम्याप बनाएका छौ

२ वर्षका लागि क्यान महासंघको रोडम्याप बनाएका छौ

रञ्जित पोदार
केन्द्रीय महासचिव, क्यान महासंघ

आज चौथो दिनसम्म आउँदा क्यान इन्फोटेक कसरी सञ्चालन भइरहेको पाउनुभएको छ ? 
निश्चय नै तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ अक्सफोर्डले चितवन जिल्लामा सूचना प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा उल्लेख्य भूमिका खेलेको मैले पाएको छु । हामीले केन्द्रमा मात्रै होइन, यस्ता इन्फोटेक अब मोफसलमा गरी नवीनतम प्रविधको जानकारी हरेक तप्काका दिनुपर्छ भन्ने आशयले चितवनमा गर्ने 
निर्णय गरेका हौं । 
यसको आयोजकका रुपमा रहेको क्यान महासंघ चितवन शाखाले उत्कृष्ट इन्फोटेक आयोजना गरेको अनुभूति गरेको छु । मुख्य कुरा यहाँ मलाई राम्रो लागेको भनेको व्यवस्थित प्रदर्शनी कक्ष हो । अन्तर्राष्ट्रियस्तरको यस्तो प्रदर्शनी कक्ष काठमाडौंमा भइदिने हो भने पनि धेरै व्यवस्थित इन्फोटेक गर्न सकिने थियो । त्यस्तै चितवन आसपासका ठाउँहरुबाट इन्फोटेक हेर्न आउने संख्या पनि बढेको छ ।

मोफसलका अन्य जिल्लामा पनि इन्फोटेक गर्ने तयारी छ कि ?
हामीले चितवनलगत्तै बुटवलमा क्यान इन्फोटेक गर्दै छौं । बुटवलका साथीहरुले निकै तयारीका साथ काम गरिरहेको पाएको छु । त्यस्तै बर्सेनि इन्फोटेक गर्दै आएको क्यान कास्कीले पनि यसपटक झनै उत्कृष्ट इन्फोटेक गर्ने तयारी गरेको छ । सुनसरीमा पहिलो पटक इन्फोटेक हुन लागेकाले त्यसको व्यवस्थापनका लागि भने हामीले थप तयारी गर्नुपर्ने देखेको छु । 
चितवन क्यान इन्फोटेककै दौरान क्यान महासंघको रणनीतिक बैठक पनि बसेको छ, केके विषयमा छलफल भएको छ ?
हामीले २ वर्षका लागि क्यान महासंघको कार्यसमितिले अवलम्बन गर्ने कार्ययोजना यो बैठकबाट तय गर्दै छौं । साथीहरुले आआफ्नो तर्फबाट बनाइ राखेपछि हामीले संगठन, आइसिटी क्षेत्र, नीति निर्माण तह आदि विषयमा रोडम्याप बनाउँदै छौं ।