कीवर्डहरू -

एलजीका दुई स्मार्टफोन के ८ र के १०, २०१८ मोडल सार्वजनिक

एलजीका दुई  स्मार्टफोन के ८ र के १०, २०१८ मोडल सार्वजनिक

स्मार्टफोन निर्माण कंम्पनी एलजीले दुईवटा मोडलको स्मार्टफोन सार्वजनिक गरेको छ । एलजीले आफ्नो नयाँ स्मार्टफोन  के 8 र के 10 मोडल सार्वजनिक गरेको हो । मोबाइल वर्ल्ड कंग्रेस ( MWC) 2018 इभेन्ट भन्दा अघि नै सार्वजनिक गरिएता पनि यी दुवै फोनको मूल्य र उपलब्धताको बारेमा भने कम्पनिले MWC 2018 मा खुलासा गर्ने छ ।

दुवै ह्यान्डसेटमा 2.5 D ग्लासको सुरक्षा रहेको छ । ब्ल्याक,ब्लु र गोल्ड गरेर तीनवटा भेरीएन्टमा फोन उपलब्ध हुने छ । यसको अलावा फोनमा नोइज रिडक्सन तथा हाइ डाइनामिक रेन्ज मुड लगायतका फिचरहरु पनि रहेका छन् ।

एलजी के 8 मा 5 इन्चको एचडी डिस्प्ले रहेको छ । क्वाडकोर प्रोसेसर सहित फोनमा 2 जीबी र्याम तथा 16 जीबीको इन्टरनल स्टोरेज दिइएको छ । यसका साथै स्टोरेजलाई माइक्रो एसडी कार्डको मद्दतले 32 जीबी सम्म बढाउन सकिन्छ । यो ह्यान्ड सेट एन्ड्रोइड 7.1.2 नोगत मा चल्छ । साथै फोनलाई पावर दिनका लागि 2500 mAh को ब्याट्रीको प्रयोग गरिएको छ ।

एलजी के 8 मा क्यामेराको कुरा गर्दा 8MP को रियर र 5MP को फ्रन्ट क्यामेरा राखिएको छ । साथै फ्रन्ट क्यामेरामा अटो शट,गेस्चर शट,फ्ल्यास फर सेल्फी तथा क्विक शेयर जस्ता अतिरिक्त फिचरहरु समाबेश गरिएको छ ।

एलजी के 10 मा 5.3 इन्चको एचडी डिस्प्ले दिइएको छ । यो स्मार्ट फोन के 10 प्लस 2018, के 10 अल्फा 2018 तथा के 10,2018 गरेर जम्मा तीन भेरियन्टमा उपलब्ध हुने छ । यी फोनहरुमा 2 जीबी/ 3 जीबी र्यामको विकल्प हुनेछ । के 10 प्लस र के 10 मा 13 MP +8 MP को रियर र 5 MP को फ्रन्ट क्यामेरा रहेको छ ।

के 10 प्लसमा 32 जीबी स्टोरेज प्राप्त हुनेछ । र यसलाई 2 TB सम्म बढाउन सकिन्छ । एलजीको यो नयाँ ह्यान्डसेटमा 4G LTE ,वाईफाई,ब्लुटुथ,एफएम रेडियो,माइक्रो युएसबि आदि रहेको छ । यसका साथै 3000 mAh को ब्याट्री राखिएको छ ।