कीवर्डहरू -

ब्लकचेन त्यस्तो शक्तिशाली किन ? 

ब्लकचेन त्यस्तो शक्तिशाली किन ? 


ब्लकचेननै  त्यो प्रबिधि हो, जसबाट बिटकोईन , इथेरिएम जस्ता क्रिप्टोकरेन्सिहरु  बनाईएको छ । ब्लकचेन प्रबिधिको बहुआयमिक उपयोगिता रहेको छ, क्रिप्टोकरेन्सि त एउटा सानो पाटो मात्र हो । ब्लकचेन प्रबिधि प्रयोग गरेर धेरै क्शेत्रमा नया नया एपलिकेसनहरु निर्माण भैरहेका छन् ।


ब्लकचेन प्रबिधि पुर्णरुपमा  उपयोग हुन थाले पछि केन्द्रिकित कुराहरु सबै बिकेन्द्रिकित हुनेछन् , जस्तै पैसाको कन्ट्रोल केन्द्रिय बैन्कले गर्न छोड्छ ( चाहेर पनि सक्दैन), यति सम्म हुन्छ कि सरकार वा देश चलाउन पनि २(३ जानाको हात वा सहभागिता नभएर सबै जनताको हातमा हुन्छ ।


मानौ तपाईले आफ्नु साथीलाई अनलाइन बाट एउटा फोटो पठाउनु भयो, यो प्रक्रियामा त्यो फोटोको कपी मात्र तपाईको साथिले प्राप्त गर्छ, ओरिजिनल फोटो तपाईकै कम्पुटरमा हुन्छ । डुबलिकेट फोटो भए पनि तपाईको साथि लाई खासै फरक पर्दैन , कम्प्युटर बाट जस्तो सुकै डाटा पनि यसै गरी एक बाट अर्कोमा सर्ने हो ।

तर अब फोटोको साटो पैसा पठाउनु पर्ने छ र तपाईले पैसा पठाउदा साथिलाई त्यसको कपि पठाउनु भयो र तपाई सग पनि ओरिजिनल पैसा छदैछ भने त्यो पैसा साथीले प्रयोग गर्न नै सक्दैन ।


अनलाईन बैकिङ ( ईसेवा, पेपाल वा ब्यान्क ) लगाएतले तपाईको खाता बाट माईनस गरेर साथिको मा हल्दिने काम गर्छन , जसलाई हामी इ(बन्किन्ग भन्छौ , र निस्चित सेवा शुल्क लिने गर्छन्, कल्पना गर्नुस् त बिचमा अरु कुनै ब्यन्क बिना कसरी अनलाईन पैसा पठाउने ?

किन बेकारमा ईसेवा, पेपाल हरु लाई पैसा तिर्ने ? तपाई ले पठाको पैसा साथिले पाउनु पर्यो , तपाईको बाट त्यो पैसा हट्नु पर्यो, र साथीले त्यो आफ्नु तरिकाले पर्योग गर्न पाउनु पर्यो, त्यो पनि कुनै बिचौलिया बिना । यो सम्भब बनाउन सफल प्रविधि आफैमा कति शक्तिशाली होला कल्पना गर्नुस त ?

\"\"
ब्लकचेनले पावरलाई सर्बसादारणको हात हातमा बितरण गर्दिने भएको पैसा मात्र नभएर यो जता ततै प्रयोग गर्न सकिन्छ । जहा जहा बिकेन्द्रिकरण गर्नु पर्ने छ वा बिकेन्द्रिकरणले ब्रिहत्तर हित हुन सक्छ , सबै तिर ब्लक चेन प्रयोग गर्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकले साउन २९ गते सार्बजनिक सुचना प्रकाशित गर्दै नेपालमा बिटक्वाइन अबैध रहेको र कारोबार नगर्न नगराउन सर्बसाधारणलाई सुचित गरीसकेको भएर यो लेखलाई मात्र शैशिक जानकारीको रुपमा प्रस्तुत गरिएको हो ।