कीवर्डहरू -

व्हाट्स एपका १० रोचक तथ्य 

व्हाट्स एपका १० रोचक तथ्य 

व्हाटसएप सबै भन्दा धेरै प्रयोग गरिने मेसेजिंग एप हो । यसलाई तपाईहरुले दैनिक रुपमा प्रयोग गरिरहनु भएको भएता पनि यसको भित्रि संचालनको बिषयमा थाह नहुन सक्छ । तल हेरौ व्हाट्स एपका दसवटा फ्याक्ट्स जुन तपाइलाई सायदै थाह होला ।


१. सबैभन्दा सानो संचालकको टिम  तरपनि  १ बिलियन डाउनलोड  भएको एप हो । अहिले सम्म यस एपलाई  एन्ड्रोइडमा डाउनलोड गर्नेहरुको संख्या १ बिलियन पुगेको व्हाट्स एपका सह संथापक तथा सीईओ जान कोमले ट्वीटर मार्फत दिएका थिए  ।


२. व्हाट्स एपका संस्थापकहरु दुवैले पहिले याहूमा संगै काम  गरेका थिए । व्हाट्स एपमा रहनु भन्दा पहिले उनीहरु दुवैलाइ फेसबुक र ट्वीटर जस्ता ठुला कम्पनिहरुले इन्टरभ्यूमा रिजेक्ट गरेको थियो ।


३ कुनै पनि फोटो एडीटिंग  एप्सको प्रयोग गरेर पनि फोटो तथा भिडियो कम्प्रेस गर्न सकिन्छ तर त्यसको क्वालिटीमा फरक पर्न सक्छ । तर व्हाटसएपको प्रयोग गरेर यसको ओरिजिनल क्वालिटीमानै फोटो तथा भिडियो कम्प्रेस गर्न सकिन्छ


४. व्हाट्स एप सबैभन्दा पहिले जेबरको साझेदारीमा  बनाइएको थियो ।  त्यसकारण व्हाटसएपले जेबरको लागि बनाइएको ृफोन नंबरे @s=whatsapp=net > आइडी प्रोटोकल नै प्रयोग गर्दछ ।

\"\" ​​​​​​​
५. ब्राउजर एड्रेसबारमा “ whatsapp://send<text=HELLO æ टाइप गरियो भने ब्राउजरले आफै व्हाटसएप खोलिदिन्छ र कुनै एउटा कन्ट्याक्टलाइ चुन्ने अप्सन दिन्छ ।त्यसपछि हेल्लो शब्दलाइ हटाएर कस्टमाइज गरि आफुले मन चाहेको व्यक्तिलाई मेसेज पठाउन सकिन्छ ।

६. तपाइले कसैलाई मेसेज पठाउनु भयो, मेसेज डेलिभर भयो र पाउने व्यक्तिले मेसेज पढी पनि सक्यो तर कहिले ? व्हाटस एपमा भएको ब्लु टिकले तपाईले पठाउनु भएको मेसेज कहिले र कति बजे हेरियो त्यसको जानकारी दिन्छ ।


७. मोबाइलमा महत्वपूर्ण तथा अन्य सामान्य मेसेज बीच फरक छुट्याउन गारो पर्छ ।तर ह्वाटस एपमा भने एयासको उपाय छ । तपाईले छुट्टै कन्ट्याक्ट  तथा ग्रुपको लागि कस्टम मेसेज,साउण्ड तथा रिंगटन सेट गर्न सक्नुहुन्छ ।

८.    गत मार्च देखि व्हाट्स एपको एन्ड्रोइड र आइओएअ एपमा बेसिक टेक्स्ट फर्म्याटिंग फिचरलाइ पनि राखिएको छ । सजिलोको लागि  मेसेजलाई बोल्ड लेख्न एस्ट्रीक् ,इटालिक्सको लागि अन्डरस्कोर र स्ट्राइक –थ्रु को लागि टाइल्ड्समा राख्नु पर्ने हुन्छ ।


९.    व्हाट्स एपलाइ तपाईको फोनमा डाटा सर्विसको आवश्यकता यसकारण पर्छ किनकि कम्पनिले तपैक्को मेसेज फेसबुक र स्काईप्मा जस्तो सर्बरमा स्टोर गर्दैन ।


१०     ओपन व्हिसपर सिस्टम द्वारा डेभलप गरिएको इन्सकृप्सन प्रोटोकल प्रयोग गरिएको हुनाले ह्वाटस एपबाट  पठाइएका मेसेजहरु इनकृप्टेड हुन्छन् । यसको मतलब कोहि ह्याकर अथवा सरकारले पनि तपाईको प्राईभेसीको उलंघन गर्न सक्दैनन् ।