कीवर्डहरू -

टाटा मोटर्सको दशैं अफर, नयाँ गाडी खरिद गर्दा आकर्षक सुविधा

टाटा मोटर्सको दशैं अफर, नयाँ गाडी खरिद गर्दा आकर्षक सुविधा

नेपालका लागी टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्गले बिजया दशमी २०७७ को अवसरमा नयाँ गाडी खरिदकर्ताहरुलाई टाटा मोटर्स दशैं अफर सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत टाटा प्यासेन्जर गाडीहरुको खरिदमा चार लाखसम्मको आकर्षक नगद छुट, निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्याङ्कनमा सरप्राइज गिफ्ट, प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहार तथा जुनसुकै गाडीको एक्सचेञ्जमा ५० हजारसम्मको एक्सचेञ्ज बोनस प्राप्त गर्न सकिने छ ।

बडादशैंको शुभ अवसरमा ग्राहकहरुले टाटा मोटर्सको जुनसुकै सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु टाटा एच फाईभ, नेक्सन, टियागो, टिगोर र अल्ट्रोज लगायतका गाडीहरु अवलोकन, टेष्ट ड्राइभ तथा खरिद गरि यो योजनाको फाईदा उठाउन सक्ने छन् ।