चीनको बेइजिङमा चालकरहित कारलाई लाइसेन्स दिइएको छ । पहिलो चालकरहित कारलाई परिक्षण ड्राइभ गर्न अस्थायी लाइसेन्स दिएको हो ।
चालकरहित कार परिक्षण ड्राइभका लागि बेइजिङमा पाँचौं रिङरोड बाहिरका ३३ वटा सडकमा १०५ किलोमिटर सडक छुट्टयाइएको छ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनको इन्टरनेट कम्पनी पाइतुले यो कार निर्माण गरेको हो । चालकरहित कार गत बिहिबार बेइजिङमा पहिलो पटक परिक्षण ड्राइभ गरिएको थियो ।
 
  
    
  
 
तोकिएको क्षेत्रमा पाँच हजार किलोमिटर सफल ड्राइभ गरेपछि मात्र कारलाई सार्वजनिक सडकमा अनुमति दिइने छ। ३० दिनका लागि दिइएको लाइसेन्स परिक्षण ड्राइभमा सफल भए मात्र नविकरण हुनेछ ।
परिक्षण ड्राइभ जाँचका लागि कारमा यन्त्र पनि जडान गरिएको छ। सुरक्षा र सडकको नियम पालना गर्नका लागि सुरुमा कारको ड्राइभ गति कम हुनेछ।
(रातोपाटि)
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      