कीवर्डहरू -

उपभोक्ताका लागि डिजिटल पहुच र सुरक्षित साइबर स्पेसको संरचना

उपभोक्ताका लागि डिजिटल पहुच र सुरक्षित साइबर स्पेसको संरचना

सुचना संचार प्रविधि समाज , नेपाल ( एस . आई . सिटि , नेपाल ) सेवा नेपालको संयुत आयोजनामा उपभोक्ताका लागि डिजिटल पहुच सुरक्षित साइबर स्पेसको संरचना " को गोस्टी भव्यताका साथ सम्पन्न भएको |

आयोजकले मार्च महिना यानकी विश्व उपोभोक्ता दिवस पारी सो कार्यक्रमको आयोजना शनिवार आइतवार गरेको ( काठमाडौँ - मध्य बानेश्वर ललितपुर - एवरडिन , जवालाखेल ) | उक्त कार्यक्रमका प्रमुख अतिथि सुचना प्रविधि विभागका महार्निर्देशक लक्ष्मी प्रसाद यादव सहित आईटी विज्ञ , लेक्चरर , प्रफेसर , उद्योगकर्मी , कानुन व्यवसायि - वकिल , विद्यार्थी , सरकारी कर्मचारी , केही नेता उपोभोक्ता समेतको बाक्लो उपस्थिति थियो |

कार्यक्रम जम्मा तीन चरणमा चल्यो | पूर्व वातावरण , विज्ञान तथा प्रविधि मन्त्री एवं सेवा नेपालका सल्लाहकार गणेश शाहले आफ्नो मनतब्य राखी स्वागत गरेपछि , एस . आई . सिटिका अनुसन्धान प्रमुख तथा एवरडिन कलेजका शैक्षिक प्रमुख जयराम गौतमले आजको प्रविधि युगको जल्दोबल्दो विषय " डिजिटल पहुच " मा कार्यपत्र प्रस्तुत गरे |

त्यसैगरि कार्यक्रमको मूल बिषयमा प्रवेश गरि " डिजिटल कन्जुमर अधिकार " को कार्यपत्र एस . आई . सिटिका महासचिव तथा आईटी अभियन्ता सुभाष खड्काले प्रस्तुत गरे | साथै " सुरक्षित साइबर स्पेस सुरक्षयाको आवश्यकता " विषयको कार्यपत्र सहित उत्थान एनपिनगका उपा - अध्यक्ष राम कृष्ण परियारले गरेका थिए |

कार्यक्रममा वर्तमान अवस्थामा साइबर लअ , डिजिटल कन्सुमर ऐन जस्ता नियम कानुनको अतियाधिक आवश्यकता रहेको , इकमर्सका पाटोहरुमा उपभोक्ताले गर्ने प्रयोगहरु , फेसबुकको माध्यम आदिबाट आफ्नो गोपीय इन्फोरमेशन सुरक्षित राखने विधि , बैंकहरुको सुरक्षया अवस्था सेवा ग्राहकले अपनाउने पर्ने सावधानी , इनटरनेट सेवा प्रदायकसंग ग्राहकको सहकार्य जस्ता गहन विषयमा समेत व्यापक छलफल चल्यो |

उक्त कार्यक्रममा महार्निर्देशक यादवले , सुचना प्रविधि विभागले अहिले रहेको कानुन दिएको सीमा रेखामा बसेर प्रविधिको उच्चतम प्रयोग गर्ने गरी विभिन्न कार्यहरु गर्दै आएको डिजिटल कन्सुमर अधिकार जस्ता विषय कानुनले नै सुरक्षित गर्न सक्ने बताउदै , डिजिटल कन्सुमर अधिकार या अन्य सुचना प्रविधिसंग सम्बन्धित कार्य तथा कार्यक्रमहरुमा सहकार्य गर्ने प्रतिवधता जाहेर गरे |