कीवर्डहरू -

प्रि बुकिङ गरेका उपभोक्तामाझ ग्यालेक्सी S9/ S9 + को वितरण प्रारम्भ, रिटेल बिक्री सुरु

प्रि बुकिङ गरेका उपभोक्तामाझ ग्यालेक्सी S9/ S9 + को वितरण प्रारम्भ, रिटेल बिक्री सुरु

सामसङले, मार्च २३ देखी काठमाडाँमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई ग्यालेक्सी S9/ S9 + को वितरण सुरु गरेको छ । मोबाइल शाखाका प्रमुख श्री प्रणय रत्न स्थापितको उपस्थितिमा  S9/ S9 + को अनावरण सामसङको मुहारको रुपमा रहेकी ज्योत्सना योगीद्वारा गरिएको थियो ।


“मैले पछिल्ला केही दिनदेखि ग्यालेक्सी  S9 + को प्रयोग गरिरहेकी छु र असाध्यै खुसी छु। ग्यालेक्सी  S9/S9+   ंएक सुन्दर स्मार्टफोन हो जुन मेरो व्यक्तित्वसँग मेल खान्छ र मलाई एक फरक पहिचान दिएको छ । मलाई यसको क्यामेरा, एआर ईमोजी र सुपर स्लो–मो फिचर निकै मन परेको छ,” ज्योत्सना योगीले भनिन्।

\"\"
ग्यालेक्सी S9/S9+  संसारको सर्वाेत्कृष्ट क्यामेरा ड्वल एपरचर लेन्सको विशेषता सहित निर्माण गरिएको हो ।
“ग्यालेक्सी S9/S9+  एक छुट्टै श्रेणीका स्मार्टफोनहरू हुन् । पुनः परिमार्जित गरिएको क्यामेरासँग अब ग्राहकहरूले फोटो तथा भिडियोहरू खिच्दा अरू कुनै स्मार्टफोनबाट पाउन नसक्ने अनुभव पाउनुहुनेछ ।

सुपर स्लो–मो र एआर ईमोजी जस्ता विशेषताहरूसँग उपभोक्ताहरूले आफूलाई एक नौलो एवं व्यक्तिगत ढंगले प्रस्तुत गर्न सक्नेछन्,” सामसङ मोबाइल फोनका प्रमुख श्री प्रणय रत्न स्थापितले भने ।
ग्यालक्सी  क्ढंरक्ढ क्रमशः रु १,०४,९०० र रु ९२,९०० मा उपलब्ध छन् ।

प्रयोगकर्ताहरूले रु ५००० को क्यासब्याक प्राप्त गरी उक्त फोन प्रभावकारी मूल्य रु ९९,९०० र रु ८७,९०० मा खरिद गर्न सक्नुहुनेछ ।


लाइल्याक पर्पल, कोरल ब्लू र मिड्नाइट ब्ल्याक गरी तीन रङहरूमा यस नयाँ मोडल उपलब्ध छन् ।
सामसङले १२ हप्ताको लागि १२००० जीबी डाटा निःशुल्क प्रदान गर्न एनसेलसँग साझेदारी गरेको छ । शिखर बीमाको सहयोगमा सामसङले आफ्ना ग्राहकहरुलाई एक वर्षे बीमा पनि प्रदान गर्दछ ।


साथै, S9/S9+  सजिलो ईएमआई मा उपलब्ध गराउन सामसङले ग्लोबल आई एम ई, नबिल, नेपाल इन्भेस्टमेन्ट बैँक, लक्ष्मी बैँक, मेगा बैँक र कुमारी बैँक जस्ता विभिन्न बैँकहरूसँग साझेदारी गरेको छ ।