कीवर्डहरू -

प्राइमले सुरु गर्यो अनलाइन ग्याजेट्स स्टोर, काठमाडौँमा निशुल्क डेलिभरी सेवा

यसको लागि www.primestore.com.np मा लगइन गर्नुपर्नेछ

प्राइमले सुरु गर्यो अनलाइन ग्याजेट्स स्टोर, काठमाडौँमा निशुल्क डेलिभरी सेवा

पुल्चोकको मुख्य स्थानमा रहेको प्रख्यात मोवाइल शोरुम प्राइम स्टोरले ग्याजेट्स तथा आइटी प्रडक्टको अनलाइन सेवा सुरु गरेको छ । प्राइमस्टोर डटकम डटएनपी वेबसाइट मार्फत कम्पनीले आफ्नो स्टोरमा रहेका प्रडक्टहरुलाइ अनलाइन सपिङको सेवा दिन थालेको हो ।


मोवाइल, ल्यापटप तथा मार्ट डिभाइसहरु सुपथ मुल्यमा उपलब्ध गराउदै आएको कम्पनीका प्रडक्टहरु अब अनलाइन मार्फत सिधै अर्डर गर्न सकिने छ । पहिलो चरणमा काठमाण्डौ उपत्यकाभरी निशुल्क डेलिभरी दिनुका साथै प्रडक्ट राम्रो नलागे वा समस्या देखिए एक हप्ताभित्र फिर्ता वा एक्स्चेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

\"\"
कम्पनीले नेपाली बजारमा उपलब्ध विभिन्न प्रसिद्ध ब्राण्डहरु आइफोन, सामसुङ, हुवावे, शाओमी, ओप्पो, वान प्लस, नोकिया लगायतसँग एसोसिएट भएर सेवा दिनेछ । यसमा राम्रो पक्ष भनेको सेकेन्डह्याण्ड प्रडक्ट पनि अनलाइन मार्फत नै खरिद तथा एक्स्चेन्ज गर्न सकिने सुविधा हो ।


प्राइम स्टोरमा विभिन्न रेन्जका मोवाइल एसेसरिजहरु पनि उपलब्ध छन । स्मार्टफोन, पावर बंैक, ल्यापटप तथा अन्य ग्याजेट्सहरुको लागि प्राइम स्टोरलाई उपयुक्त तथा विश्वसनिय अनलाइन स्टोरको रुपमा विकास गर्न लागिएको कम्पनीका सञ्चालक सागर गौतमले बताए ।
\"\"
अहिलेको प्रविधिप्रेमी युवाहरुलाइ ध्यानमा राखेर देशभर आफ्नो सेवा विस्तार गर्ने योजना अनुरुप अनलाइन सपिङ सुरु गरिएको गौतमले बताए । अहिले मानिसहरु घरमै बसी सामान खरिद गर्नेतर्फ रुची बढिरहेको सन्दर्भमा प्राइमले आफ्नै अनलाइन स्टोर सुरु गरेको हो । यसबाट अन्य अनलाइन सपिङ वेबसाइटभन्दा पनि सस्तोमा गुणस्तरिय प्रडक्ट उपलब्ध गराउने कम्पनीले दाबी गरेको छ । यसको लागि www.primestore.com.np मा लगइन गर्नुपर्नेछ ।