कीवर्डहरू -

कर्णाली प्रदेशमा पहिलो पटक वेब डेभलपमेन्ट सम्बन्धी वर्कशप सम्पन्न

कर्णाली प्रदेशमा पहिलो पटक वेब डेभलपमेन्ट सम्बन्धी वर्कशप सम्पन्न

आइसिटि क्लब सुर्खेतले वेब डेभलपमेन्ट सम्बन्धि कार्यशाला सम्पन्न गरेको छ । वेबसाइट कसरी बनाउन सकिन्छ र यसको लागि आबस्यक कुरा के के हुन् भन्ने सम्बन्धमा छलफल र कार्यपत्र प्रस्तुत गरिएको थियो ।

आइसिटि क्लब सुर्खेत स्थापना गर्नुको मुख्य उदेश्य भनेको कर्णाली पर्देश मा रहेको digital divide को न्युनिकरन गर्नु रहेको क्लबका अद्यक्ष सुबास बिसीले जानकारी दिए । अब यस सस्थाले दोस्रो चरणको कार्यक्रम अन्तर्गत सुर्खेतमा अबस्थित सम्पुर्ण +२ तहका बिध्यार्थिहरु सङ्ग आइटि र शिक्षा बिषयमा अन्तरक्रीया कार्यक्रम गर्ने योजना रहेको बताए ।

कर्णाली प्रदेशको योजना  प्रदेशलाइ डिजिटल प्रदेश  बनाउने रहेकोले, आफ्नो सस्थामा थुप्रै आइटी कम्पनि, व्यापारी, बिद्यार्थीको प्रतिनिधित्व गर्दै सरकारको योजना सफल पार्न मेरुदन्डको रुपमा काम गर्न सक्ने भएकोले प्रदेश तथा स्थानिय सरकार सङ्ग  सहयोगको अपेक्षा गरेको क्लबले जनाएको छ । कार्यक्रममा ६० जना सहभागिहरु को सहभागिता रहेको थियो ।