कीवर्डहरू -

हेमन्त चौरासियाको अध्यक्षतामा क्यान महासंघमा नयाँ कार्यसमिति

हेमन्त चौरासियाको अध्यक्षतामा क्यान महासंघमा नयाँ कार्यसमिति

हेमन्त चौरासियाको अध्यक्षतामा कम्प्युटर एशोसिएन महासंघ (क्यान महासंघ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार काठमाडौंमा भएको क्यानको २४औं साधारणसभा एवं महाधिवेशनबाट संगठनको १३औं कार्यसमितिको अध्यक्षमा चौरासिया निर्विरोध निर्वाचित भएका हुन् । यसअघि उनि प्रथम उपाध्यक्षको रुपमा कार्यरत थिए ।

केन्द्रीय समिति निर्विरोध चयन भएको क्यानको उपाध्यक्षमा संस्थागततर्फबाट विश्वराम बलामी, संस्थागत (महिला)बाट सुनैना पाण्डे घिमिरे, व्यक्तिगततर्फबाट रोमकान्त पाण्डे र (जिल्ला)अन्तर्गत नवराज कुँवर निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी क्यानको महासचिवमा रञ्जित पोदार निर्विरोध निर्वाचित भएका छन् ।

महासंघको नयाँ कार्यसमितिको पदाधिकारीअन्तर्गत सचिव पदमा जिल्लाअन्तर्गत जगनबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । थप सचिव पदअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यहरुको भोटबाट डा. पवनकुमार शर्मा (व्यक्तिगत) र नारायणबहादुर थापा (संस्थागत) निर्वाचित भएका छन् ।

त्यसैगरी क्यानको कोषाध्यक्षमा  खुशल रेग्मी र सहकोषाध्यक्षमा शेखरनाथ दुलाल निर्विरोध निर्वाचित भएका छन् ।

\"\"

क्यानको केन्द्रीय सदस्यहरुमा व्यक्तिगत, संस्थागत, विषयगत र जिल्लाशाखाबाट निर्विरोध निर्वाचित भएका छन् । यसअन्तर्गत रेगबहादुर भण्डारी, सुभाष खड्का, रत्नतारा वैद्य, श्रवणकुमार श्रेष्ठ, घनश्याम खनाल, विक्रम श्रेष्ठ, अमित अग्रवाल, डा. अभिजित गुप्ता, उमेश रघुवंशी, अस्गर अली, अरुणकुमार वंशल, प्रशान्तलाल श्रेष्ठ, चिरञ्जिवी अधिकारी, ठाकुरराम श्रेष्ठ, दीपेश पाठक, भुपालदास श्रेष्ठ, दीपेन्द्रकुमार सिंह, श्यामकल श्रेष्ठ, अशोकबाबु राना, ईश्वरप्रसाद पोखरेल, भुपेन्द्रसिहं बली, दलबहादुर खड्का, हर्कबहादुर सेटी र प्रेमराजा पनेरु निर्विरोध निर्वाचित भएका छन् ।

स्मार्ट क्यान महासंघ बनाउने छु

हेमन्त चौरासिया
नवनिर्वाचित अध्यक्ष, क्यान महासंघ

सूचना र सञ्चार प्रविधि क्षेत्रको साझा संस्था क्यान महासंघको नेतृत्वमा मलाई निर्विरोध चयन गर्नुभएकोमा सम्पूर्ण साथीहरुलाई धन्यवाद दिन चाहन्छु । क्यानको २५ वर्षको गर्विलो इतिहास छ । यसको गरिमालाई कायम राख्दै नयाँ कार्यसमितिले थप उल्लेखनीय कार्य गर्दै यो क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा अधिकतम भूमिका खेल्ने विश्वास दिलाउन चाहछु ।

हामी अहिले महासंघीय संरचनामा आएको ३ वर्ष भइसकेको छ । यो ३ वर्षको प्राक्टिसमा अहिले संगठनलाई पनि महासंघीय संरचनामा लग्न प्रयास गरिरहेका छौं । तर हामीले संगठन निर्माणमा जसरी काम गर्नूपर्ने थियो वा त्यो जुन लेभलबाट हुनुपर्ने थियो, भएन । हामी कहाँ चुक्यौं ? नगर्न सक्या हो कि ? यसकारण महासंघीय संरचनामा व्यवहारिक रुपमै लैजाने मेरो पहिलो प्राथमिकता हुने छ ।

अहिले प्रदेशको प्राक्टिससमेत गर्दैछौं । प्रदेशको संरचना बनिसकेपछि यसको सचिवालयको पनि व्यवस्था गर्नुपर्ने हुन्छ । त्यस्तै हामी स्मार्ट सिटी, स्मार्ट भिलेज लगायतका कुरा सुन्छौं । त्यो कुरामा भन्दा पनि अहिले स्मार्ट क्यान महासंघ बनाउने कुरा प्राथमिकतामा राखेको छु । साथै २ वर्षमा क्यानको आफ्नै घरजग्गासहितको प्रोपर्टी व्यवस्थापन गर्नेगरी काम गर्नेछु । साथीभाइमा जुन अपनत्व हुनुपर्छ, त्यो संगठनका साथीहरुमा पनि लागू हुनुपर्छ ।

हामी सबै आइसिटीका प्रोफेसनल र व्यापरीहरु हौं । उनीहरुलाई साथसाथै लिएर काम गर्छु । साथै सरकार तथा नीति निर्माण तहमा रहेर हामीले विगतमा के गर्यौं र कहा चुक्यौं, कहा कहा स्ट्रेन्थ हुनुपथ्र्यो त्यसको समीक्षा गरेर अघि बढ्छौं । क्यान महासंघको तब हाइट बढ्छ जब नेपाल सरकारसँग मिलेर नीति निर्माण तहमा सहकार्य गरी नतीजा दिन सक्छौं । हामी निरन्तर सम्बन्धित मन्त्रालय र निकायमा आइटी सेक्टरमा के के समस्या छ त्यसको विश्लेषण गरेर उनीहरुसँग हातेमालो गर्नेछौं । आइसिटी व्यवसायी र पेशाकर्मीलाइ के के समस्या छ भनेर त्यसको पहिचान गरी नेपाल सरसकारसँग एग्रेसिभ रुपमा खाका लैजाने सोच छ ।

Edit