कीवर्डहरू -

एप्पलले जारि गर्यो आइओएस ११.३ को अपडेट,तल हेरौं इन्स्टल गर्ने तरिका

एप्पलले जारि गर्यो आइओएस ११.३ को अपडेट,तल हेरौं इन्स्टल गर्ने तरिका

लामो समयको अन्तराल पछि विश्व प्रसिद्ध स्मार्टफोन कम्पनि एप्पलले आइओएस ११.३ को लागि नयाँ अपडेट जारि गरेको छ । आइओएस युजरहरुले नयाँ अपडेट डाउनलोड गर्न सक्नेछन। आइओएस ११.३ लाइ अब आइफोन तथा आइप्याडका प्रयोगकर्ताहरुले डाउनलोड गर्न सक्नेछन ।

एप्पलको अपरेटिंग सिस्टम ११.३ को अपडेट भर्जनमा युजर्सहरुले धेरै नयाँ फिचर्स प्राप्त गर्न सक्नेछन । यसमा अब आइफोनको ब्याट्री लाइफ लामो हुनेछ,मौसम सम्बन्धि अन्य थुप्रै जानकारीको अपडेट प्राप्त हुनेछ ।

यसरि डाउनलोड गर्नुहोस् आइओएस ११.३

  • सबैभन्दा पहिले आफ्नो फोनको सेटिंग मा जानुहोस ।
  • त्यसपछि तपाईले Software Update अप्सन देख्नुहुन्छ,त्यसमा क्लिक गर्नुहोस् ।
  • त्यसमा क्लिक गरेपछि तपाइले अपडेटको नोटिफिकेशन देख्न सक्नुहुन्छ ।
  • यहाँ ध्यान दिन पर्ने कुरा के छ भने आइओएस ११.३को साइज ७८१ एमबी छ ।यसकारण मोबाइल नेटवर्कबाट भन्दा पनि वाईफाईबाट अपरेटिङ सिस्टमलाइ अपडेट गर्दा राम्रो हुन्छ।
  • अपडेट गर्नु अघि फोनमा ब्याट्रीमा चार्ज भए नभएको ख्याल राख्नुहोस ।

आइओएस  ११.३ अपडेट गरेपछि युजर्सले धेरै नयाँ फिचर्स प्राप्त गर्नेछन् । यी मध्ये नयाँ एनिमोजी तथा अग्मेंटेड रियालिटीमा गज्जबको अनुभब प्राप्त हुने छ ।

यो नयाँ अपडेट पछाडी तपाइको फोन अझ धेरै स्मार्ट हुने छ । नयाँ अपरेटिंग सिस्टममा आर्टिफिसियल इन्टेलीजेन्स अझ बलियो सँग प्रस्तुत गरिएको छ । अझ सरल रुपमा भन्दा तपाइको स्मार्टफोनले अब तपाइको आदत अनुसार झनै स्मार्ट तरिकाले काम गर्छ ।