कीवर्डहरू -

सिटिजन्स बैंकको ‘इन्स्टा बाई’ योजना, मासिक किस्ताबन्दीमा वस्तु एवं सेवा खरिद गर्न सकिने

सिटिजन्स बैंकको ‘इन्स्टा बाई’ योजना, मासिक किस्ताबन्दीमा वस्तु एवं सेवा खरिद गर्न सकिने

सिटिजन्स बैंकले ग्राहकहरुलाई वस्तु एवं सेवा खरिद गर्न सहज होस् भन्ने अभिप्रायका साथ ‘इन्स्टा बाई’ योजना संचालनमा ल्याएको छ ।

बैंकले देशभरका जुनसुकै मर्चेन्टहरूमा क्रेडिट कार्डमार्फत न्युनतम रु. १०,००० देखि अधिकतम रु. २५०,००० सम्म भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने इन्स्टा बाई योजना संचालनमा ल्याएको हो ।

यस इन्स्टा बाई योजनाअन्तगर्त बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकै पटकमा खरिद गरिएको वस्तु तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने छ ।

यस योजनामार्फत ग्राहकहरूले आफुले किन्न खाजेको वस्तु तथा सेवा तत्काल  खरिद गरी रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नेछन् । क्रेडिट कार्ड प्रयोगकर्ताहरूले खरिद गर्ने वस्तु तथा सेवाहरूको खरिद रकम न्यूनतम ३ देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

क्रेडिट कार्डमार्फत वस्तु तथा सेवा खरिद गरेपश्चात् आफुलाई पायक पर्ने बैंकको शाखा पुगेर किस्ताबन्दीको लागि आवेदन दिन सकिन्छ ।