कीवर्डहरू -

विन्डोज टेनलाई यसरी गर्नुहोस् फ्याक्ट्री रिसेट

विन्डोज टेनलाई यसरी गर्नुहोस् फ्याक्ट्री रिसेट

विश्वमा हालसम्म धेरै कम्प्युटरहरुमा विन्डोज अपरेटिङ सिस्टम प्रयोग भइरहेको छ । कसैको काम विन्डोज सेभेन, कसैकोमा विन्डोज एट र कसैको विन्डोज टेन प्रयोग भइरहेको होला ।

यदी तपाई विन्डोज टेन अर्थात १० प्रयोग गरिरहनु भएको छ र राम्ररी चलिरहेको छैन् । नयाँ अपडेट इन्स्टल नगरेमा पनि विन्डोजमा समस्याहरु आउन सक्छ । तर धेरै नै समस्याहरु आइरहेको भएमा फ्याक्ट्री रिसेट गर्नुपर्ने पनि हुन सक्छ ।

आज हामी तपाईलाई कसरी विन्डोज टेन फ्याक्ट्री रिसेट गर्ने भनेर जानकारी दिदैंछौं । जसका लागि तलका पक्रिया पछ्याउनुहोस् ।

रिकभरी सेटिङ्ग

रिकभरी गर्नका लागी सबैभन्दा सुरुमा स्टार्ट मेन्यू थिच्नुपर्छ र त्यहाँ तल्लो बाँया भागमा रहेको गीयर आइकन थिच्नुपर्छ जसले सेटिङ्ग विन्डो खुल्छ ।

सेटिङ्गमा गएर अपडेट एण्ड सेक्युरिटीमा थिच्नुपर्छ र त्यसपछि रिकभरीमा थिच्नुपर्छ । यति गरेपछि रिसेट दिस पीसीको तल गएर आफ्नो पीसीमा ‘गेट स्टार्टेड’ अप्सनमा थिच्नुपर्छ ।

फाइललाई सेभ या रिमूभ गर्ने

यहाँ सम्म सबैकाम गसिकेपछि तपाईको हातमा दुई ओटा विकल्प हुन्छ । की त आफ्नो नीजि फाइलहरलाई सेभ गरेर राख्ने न त पीसीमा भएको सबै कुरालाई डिलिट गरिदिने ।

कीप माई फाइल्स भन्ने अप्सनमा थिचेमा फाइल बाहेक पीसी पुरै नयाँ जस्तै बनिदिन्छ । तर सबै कुरा डिलिट गर्न चाहेमा चेन्ज सेटिङ्गमा थिचेर त्यसलाई बन्द गरिदिने र रिमूभ एचरीथिङ्मा थिच्ने जसले गर्दा सबै फाइल डिलिट हुन्छ । यसका लागी लामो समय लागेता पनि यो एकदमै राम्रो उपाय हो ।

कम्प्यूटरलाई रिसेट गरिदिने

के के हटाउने भनेर निश्चित गरेपछि नेक्सटमा थिच्ने र वीन्डोजले के के डिलिट हुन्छ भनेर पुनः जानकारी दिन्छ । यसपछि रिससेटमा थिचिदिने र कम्प्यूटर रिस्टार्ट हुन्छ र पुनः बुट हुन्छ । यसरी पुरै पीसी नै फ्याक्ट्री रिसेट हुन्छ ।