अलाइन्स ल्यापटप रिपेरिङ एण्ड ट्रेनिङ सेन्टरले शत प्रतिशत रोजगारि ग्यारेन्टी सहित कम्प्युटर,ल्यापटप तथा मोबाइल ट्रेनिंङ संचालन गरेको छ ।
सिटिईभिटिबाट मान्यताप्राप्त सेन्टरले दक्ष प्राबिधिकबाट युवाहरुलाई केन्द्रित तालिम संचालन गरेको हो ।उक्त तालिम पछि बिद्यार्थीहरुले विदेशमा गएर समेत काम गर्न सक्ने बताएको छ ।
युवायुवतीलाई आत्मनिर्भर बन्न सिकाउन र विदेश जाने युवाहरुलाई पनि लक्षित गरेर बिशेष कोर्स संचालन गरेको कम्पनिका संचालकले बताए ।
यो चिप लेबलको तालिम बेरोजगार युवाहरुलाई वरदान साबित भएको ट्रेनिंङ सेन्टरको दाबी छ । तालिम पछि मोबाइल,कम्प्युटर तथा ल्यापटपमा आउने जुनसुकै समस्या मेसिनबाट २० मिनटमै पत्ता लगाउन सकिने छ ।
सेन्टरका अनुसार यस्तो लेबलको तालिम दिने यो नै पहिलो कम्पनि हो । यसअघि तालिम लिएका सबै बिद्यार्थीहरुले रोजगारी पाएको कम्पनिले दाबि गरेको छ ।
कम्पनिले ल्यापटप,कम्प्युटर,मोबाइल तथा प्रोजेक्टर लगायतका सामग्रीको चिप लेबल ट्रेनिङमा रोजगारी सहित एक बर्षको प्याकेज संचालन गरेको छ ।
कम्पनिले आफै स्वरोजगार बन्न चाहने युवायुवतिहरुलाई रोजगारीको ग्यारेन्टी दिंदै आत्मनिर्भर बन्न सहयोग गर्दै आएको छ ।(नयाँ पत्रिका)